जोगवनीबाट नेपाल भित्रने लागु औषध एसएसबीले रोक्न थाल्यो, एक भारतीय पक्राउ

जोगवनीबाट नेपाल भित्रने लागु औषध एसएसबीले रोक्न थाल्यो, एक भारतीय पक्राउ

विराटनगर, ९ चैत ।
नेपाल भारत सिमा क्षेत्र जोगवनीबाट नेपाल भित्रने लागु औषध जोगवनीमा एसएसबीले रोक्न थालेको छ ।

जोगवनीबाट नेपाल तर्फ ल्याउँदै गरेको लागु औषध सहित भारतीय गाडी र एकजनालाई भारतीय सिमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो । जोगबनीको सीमाञ्चल अस्पताल स्थित फारबिसगंज बाट जोगबनी हुँदै नेपाल आउँदै गरेको लागुऔषध बोकेको भारतीय प्रहरीले पक्राउ गरेको हो । लागुऔषध ओसारपसारमा संग्लन एकजनालाई प्रहरीले नियन्त्रण समेत लिएको छ ।
केही दिन समयमा एसेएसबीले युवा मो. नन्हें सहित ओसारपसार गर्न प्रयोग गरिएको डब्ल्यू बी १२ ए ५८९३ नम्बरको भारतिय प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका मो. नन्हें भारतको अहमदपुर वार्ड न. १७ का स्थायी वासिन्दा हुन् । प्रहरीले कोडिन युक्त कप सिरफ ५ थान, डायजेल्याप सूई नौ सय ९९ थान, एभील सूई एक हजार ४ थान, लुपीजेसिक सूई ९ सय ९० थान त्यस्तै फेनारगन सूई ५ थान बरामद गरेको एसएसबीले जनाएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्