नेपाली राष्ट्रिय महिला टाेलीलाई विराटनगर महानगरले जनही ५० हजार दिने

नेपाली राष्ट्रिय महिला टाेलीलाई विराटनगर महानगरले जनही ५० हजार दिने

विराटनगर, ९ चैत ।  विराटनगरमा सम्पन्न पाँचौँ साफ महिला फुटबल च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय टोलीलाई विराटनगर महानगरले जनही ५० हजार रुपैया दिने घोषणा गरेको छ ।

खेल सकिए लगत्तै   खेलाडीहरुसंगको भेटघाट कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले खेलाडीहरुलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । खेलाडीहरुको स्तर उन्नतिका लागि भन्दै यो रकम दिन लागिएको पराजुलीले बताए ।

विराटनगर महानगरमा प्रतियोगिता हुनु गौरवको विषय भएको बताएका मेयर पराजुलीले  उनले खेलाडीहरुलाई निराश नहुन र उच्च मनोबलका साथ आगामी खेलमा विजयी हुने लक्ष्यका साथ तयारी थाल्न आग्रह गरे । यसप्रकारको प्रतियोगिता आगामी दिनमा गर्न महानगर तयार रहेकोले सँधै  साथ र सहयोग रहिरहने बताए ।

यस्तै शनिवार विराटनगरमा आयोजित अखिल नेपाल फुटवल संघको १८ औ साधारणसभामा बोल्दै मेयर पराजुलीले विराटनगरमा सानैउमेर देखी खेलमा प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने बताए । उनले नयाँ खेलाडी उत्पादनका लागि आगामी वर्षको १ बर्षभरिको आफ्नो तलबभत्ता नयाँ खेलाडीको हितमा खर्च गर्ने घोषणा समेत गरेका छन् । उनले उक्त रकम जिल्ला फुटवल संघ मोरङलाई प्रदान गर्ने घाेषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्