एसइई तयारी पुरा : मोरङमा १८ हजार ३ सय ५२ जनाले परीक्ष दिँदै,६९ वटा परीक्षा केन्द्र

एसइई तयारी पुरा : मोरङमा १८ हजार ३ सय ५२ जनाले परीक्ष दिँदै,६९ वटा परीक्षा केन्द्र

[caption id="attachment_80676" align="alignnone" width="816"]  विराटनगरको पोखरीयामा माध्यामिक विद्यालय परीक्षा केन्द्र ।                                                                  तस्वीर : प्रेम देवान आवर विराटनगर[/caption]

विराटनगर, ९ चैत । आइतबारबाट सुरू हुन लागेको एसइई परीक्षा २०७५को तयारी पुरा भएको छ । परीक्षाको लागी केन्द्रमा उत्तर पुस्तिका र प्रश्नपत्र पठाउने देखि परीक्षा केन्द्र, विद्यार्थी सिम्वोल नम्बर टास्ने काम सकिएको शिक्षा विकास तथा समन्वय ईकाई मोरङले जनाएको छ । यसपटकको एसईई परीक्षामा मोरङ जिल्लामा नियमित तर्फ १८ हजार ३ सय ५२ जना विद्यार्थीले परीक्षा दिदैछन् । त्यस्तै एक्जाम्टेडतर्फ २ सय ८४ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख राजेन्द्र बुढाथोकीले जानकारी दिए ।
एसईईका लागि मोरङमा ६९ वटा परीक्षा केन्द्र तोकिएको छ । ती परिक्षा केन्द्रहमा केन्द्राध्यक्षले समेत तयारी पुरा गरिसकेका छन् । मोरङमा सामुदायिक १ सय ७९ वटा र संस्थागत १ सय ९ गरी जम्मा २ सय ८८ वटा विद्यालय परिक्षामा सहभागी हुँदैछन् ।
आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म हुने एसइई परीक्षा २१ गतेसम्म संचालन हुनेछ । पहिलो दिन अग्रेंजी विषयको परीक्षा हुँदैछ ।भोलीदेखि सुरु हुन लागेको एसइईको लागी विराटनगरको पोखरीयामा स्कुलमा सिम्वोल नम्बर टास्दै शिक्षकहरु ।तस्वीर ः प्रेम देवान आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्