आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु

आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु

लहान, १० चैत। सिरहाको छुट्टाछुट्टै स्थानमा  शनिवार भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा आज साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो ।

आगलागीमा परी दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा र नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पोखरेलको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

यसअघि शनिवार नै   सिरहाको कल्याणपुर नगरपालिका–७ भेडियो पूर्वारी टोलमा आगलागी हुँदा ५० वर्षीया बनारसी देवी सदायको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्