साफ महिला च्याम्पियनसिपका उपविजेता नेपाली टोलीलाई जनही एक लाख दिईने

साफ महिला च्याम्पियनसिपका उपविजेता नेपाली टोलीलाई जनही एक लाख दिईने

विराटनगर, १० चैत ।  साफ महिला च्याम्पियनसिप २०१९ मा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले जनही एक लाख रुपैयाँले पुरस्कृत गर्ने भएको छ।

विराटनगरमा शनिबार एन्फाको १८ औं वार्षिक साधारणसभाबाट सो निर्णय गरिएको पत्रकार सम्मेलनका क्रममा एन्फाका प्रवक्ता एवं केन्द्रीय सदस्य किरण राईले जानकारी दिए।

साधारणसभापछि आयोजित सम्मेलनमा प्रवक्ता राईले साधारणसभाले एन्फा विधानको धारा २४ को उपधारा ५ मा रहेको पुरानै प्रावधानलाई अनुमोदन गरेको जानकारी दिए। यसअघि, केन्द्रीय पदाधिकारीहरु जिल्लावाट मताधिकारसहित साधारणसभामा जाँदा केन्द्रीय प्रतिनिधिवाट राजीनामा गर्नुपर्ने पुरानो प्रावधान थियो। प्रवक्ता राईले भने यसअघि एन्फाले राजीनामा गर्नुनपर्ने मस्यौदा तयार गरेको थियो। तर फिफाले पुरानै प्रावधानलाई यथावत राख्न निर्देशन दिएपछि त्यसलाई सभाले अनुमोदन गरेको हो ।

त्यसैगरी सभाले आगामी एक वर्षको लागि २३ करोड ७४ लाख ५० हजार रुपैयाको बजेटलाई परिमार्जन सहित स्विकृत गरेको राईले जानकारी दिए। उनका अनुसार खोटाङ, नवलपुर र मनाङ जिल्लामा जिल्ला फुटवल संघ गठन गरी फुटबल खेलको विकास र विस्तार गर्ने र ति जिल्लालाई एक वर्षसम्मको लागि पर्यवेक्षकका रुपमा अस्थायी सदस्यता प्रदान गर्ने सभाले निर्णय गरेको छ ।

यसैबीच, विराटनगर महानगरपालिकाले समेत नेपाली टोलीका खेलाडी तथा अफिसियलहरुलाई जनही ५० हजार रुपैया प्रदान गर्ने भएको छ। महानगरका मेयर भीम पराजुलीले खेलाडीहरुको स्तरउन्नतिका लागि पुरस्कृत गरिएको बताए। अन्र्तराष्टियस्तरको प्रतियोगिता महानगरमा हुनु आफैमा गौरवको ष्विय भएकोले हारबाट निराश नहनु मेयर पराजुलीले खेलाडीहरुलाई सुझाव दिएका थिए। शुक्रबार सम्पन्न साफमा नेपाली टोली भारतसंग तीन एक गोल अन्तरले पराजित हुदै दोश्रो स्थानमा सिमीत बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्