विराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चलको पहिलो अडिसन सम्पन्न

विराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चलको पहिलो अडिसन सम्पन्न

बिराटनगर चैत १०,

विराटनगरमा युवायुवतीको लागि मिस्टर एण्ड मिस टिन पुर्वान्चल २०१९ को दोस्रो सिजनको पहिलो अडिसन सम्पन्न भएको छ ।

विराटनगरको मेरील्याण्ड कलेजमा आयोजना गरिएको पहिलो अडिसनमा युवायुवतीको उल्लेखनीय उपस्थिति रहेको थियो । युवायुवतीमा रहेको प्रतिभालाई उजागर गरेर समाजमा उनिहरुको योगदान प्रदान गर्न उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रमका प्रबन्ध निर्देशक रोनक अग्रवालले जानकारी दिए ।

अडिसनको निर्णायकमा अोबि मिडिया प्रालिका निर्देशक तथा युवा अभियानकर्मी विवेक दाहाल , मेकअप आर्टिस सुशील स्वेक्छा, सानिमा इन्स्योरेन्सका विराटनगर प्रमुख सन्तोष आचार्य , कोरियोग्राफर सपना राजबंशी , शिक्षिका सन्जु शाक्य र फेसन डिजाइनर जिनु श्रेष्ठ रहेका थिए ।

कार्यक्रमको दोस्रो विराटनगर अडिसन पनि चाडै आयोजना हुने साथै विर्तामोड , इटहरी लगायतका ठाउँमा पनि अडिसन गरिने कार्यक्रमका चेयरमैन नवनित राज प्रधानले जानकारी दिए । कार्यक्रमको अफिसियल मिडिया आवर विराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्