ईटहरीमा सीसी क्यामेराकाे बेवास्ता, ६ महिनामै विग्रएर प्रयाेग विहिन

ईटहरीमा सीसी क्यामेराकाे बेवास्ता, ६ महिनामै विग्रएर प्रयाेग विहिन

इटहरी १० चैत । इटहरी चोकमा दुई वर्‍षअघि युवा व्यवसायीको पहलमा एउटा सीसीटीभी क्यामेरा राखियो। यसको फुटेज इलाका प्रहरी कार्‍यालय इटहरीमा हेर्ने व्यवस्था मिलाइयो। डेढ लाख रुपैयाँ जुटाएर युवाले राखिदिएको क्यामेरा ६ महिना चल्यो। त्यसपछि बिग्रिएर उपयोगविहीन भयो।

‘बेवास्ताका कारण लगानी खेर गयो’, क्यामेरा जडानको संयोजन गरेका समीर कार्‍कीले भने, ‘सामान्य बिग्रिएको भए मर्‍मत गरेर चलाउन सकिन्थ्यो, त्यो पनि भएन।’ उपमहानगरका खुद्रा पसलसम्म पनि सीसीटीभी राखिएका छन्। तर, चोकको क्यामेरा थन्किएको छ। यसको प्रयोगमा सरोकारवाला उदासीन देखिएका छन्।

उद्योग वाणिज्य संघ इटहरीको पहलमा दुई महिनाअघि जडान गरिएका आठवटा क्यामेराको खर्‍च बेहोर्‍न कोही तयार छैनन्। यसमा साढे १३ लाख रुपैयाँ लागेको थियो। यी क्यामेराले अपराध न्यूनीकरण गर्‍न र दोषी पत्ता लगाउन सजिलो भएको प्रहरीले जनाएको छ। ‘सीसीटीभी छ है भन्ने भएपछि चोरी, कुटपिट वा अन्य अपराध कम भइहाल्छन्’, प्रहरी निरीक्षक बुद्धि चौलागाईंले भने, ‘हिट एन्ड रन तथा चोरीका घटनामा पछिल्लो दुई महिनामा सीसी क्यामेराको सहयोगले १२ दोषी समातिएका छन्।’

आठमध्ये तीनवटामा समस्या आएको छ। तर, प्रहरीले क्यामेरा जडान गर्‍ने कम्पनीलाई यसबारे भन्न सकेको छैन। किनकि, जडान गर्‍दाको खर्‍च जडानकर्‍ताले पाएका छैनन्। यो विषयमा संघलाई जानकारी गराइएको छ। तर, जडान गर्‍दाकै पैसा नतिरेकाले मर्‍मतका लागि भन्न समस्या भएको संघका सदस्य दिवस पोख्रेलले बताए। उनकै अगुवाइमा क्यामेरा जडान गरिएको थियो। क्यामेराको डिस्प्ले इलाका प्रहरी कार्‍यालयमा राखिएको छ।

‘सुरुमा नगरपालिका, प्रदेश सरकार, उद्योग वाणिज्य संघ छन्, पैसामा समस्या हुँदैन भनियो’, उनले भने, ‘तर, पैसा तिर्‍ने बेला सबै जना पन्छिने मात्र भए।’ इटहरी उपमहानगरपालिकाले कार्‍यपालिकाको बैठक बसेर निकासा गरिदिने आश्वासन दिए पनि बजेट उपलब्ध नगराएको गुनासो उनले गरे। ‘संघले १ लाख, मैले र अध्यक्ष लिलम बस्नेतले २–२ लाख गरेर ५ लाख रुपैयाँ दियौं’, उनले भने, ‘सुरक्षा सबैलाई चाहिने तर पैसा निकासा गर्‍न बजेटवाला निकायले वास्ता नगर्‍दा मलाई पो समस्या भयो।’ उपमहानगरपालिकाले भने बजेट विनियोजन नभइसकेका कारण समस्या भएको जनाउँदै आएको छ। अन्नपुर्ण पाेष्टमा खबर छापिएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्