पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी राजनीति, प्राध्यापककाे नखुल्दै विद्यार्थीले फेरी लगाए

<span class='c1'>पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी राजनीति, प्राध्यापककाे</span> <span class='c2'>नखुल्दै विद्यार्थीले फेरी लगाए</span>

विराटनगर, १० चैत । विराटनगरकाे  पुष्पलाल चौकमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा  विद्यार्थी संगठनहरुले संयुक्त रुपमा तालाबन्दी गरेका छन् । पुर्वाञ्चल बिश्वबिद्यालय सेवा आयाेगले एक पक्षिय रुपमा विभिन्न पदपुर्ती गर्नका लागि आजदेखि परीक्षाकाे कार्यतालिका सार्बजनिक गरेकाे छ ।  आइतबार हुने  परीक्षाको बिरोध गर्दै विभिन्न विद्यार्थी संगठन हरुले पुर्वाञ्चल बिश्वबिद्यालयमा ताला बन्दी गरेको हुन् ।

सर्वोच्च अदालत तथा प्रधानमन्त्री एवं पुर्वाञ्चल विश्वविद्यालयका कुलपति समेत रहेका केपी शर्मा ओलीको लिखित निर्देशनमा  सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले विश्वविद्यालयमा भएका अनियमितता र पुर्वाञ्चल विश्वविद्यालय सेवा आयोगबाट भएको विज्ञापन तथा परीक्षा सम्बन्धी विषयमा छानबिन समिति गठन गरिएको थियो । सो छानबिन टुंगो नलागेसम्म सेवा आयोगबाट भएको विज्ञापन अनुसारका सम्पूर्ण कामहरू हाललाई स्थगित गर्न तीनबुँदे निर्देशन   दिएका थिए ।गत पुस २९ गते विश्वविद्यालयका प्राध्यापकहरु विभिन्न माग राख्दै आन्दाेलनमा छन्  । उनीहरुले पुस २९ देखि लगाएकाे ताला अझै खुलेकाे छैन । प्राध्यापककाे  मागहरुलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  चैत ५ गतेकाे  च.नं. ५८१ को  पत्र मार्फत जानकारी र ३ बुँदे निर्देशन विश्वविद्यालयलाई दिएकाे थियाे ।  तर निर्देशनकाे पालना नगरी एकतर्फी निर्णय भएकाे भन्दै  परीक्षा राेक्न तालाबन्दी गरीएकाे विद्यार्थीकाे आराेप छ ।    उल्लेखित मागहरु उल्लंघन गरि परीक्षा सञ्चालन गरिएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम्  विश्वविद्यालय सेवा आयोग र सम्बन्धित कलेजहरु नै हुने   विद्यार्थी संगठनहरुले जनाएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्