धरानमा होलीको दिन छुरा प्रहार गरी हत्या गर्ने ४ जना समातिए

धरानमा होलीको दिन छुरा प्रहार गरी हत्या गर्ने ४ जना समातिए

धरान चैत्र १० ,

होलीको दिन धरान–९ स्थित बगैचालाइनमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा धरान प्रहरीद्वारा ४ जाना लर्इ पक्राउ गरेको छ । हाेलीका दिन ग्याड् फाइट हुँदा धरान–८ सिदार्थमार्गका नीमा तामाङलाई धरान–८ कै युवाहरूले छुरा प्रहार गरी हत्या गरेका थिए । नीमाले गत माघ महिनामा चार जना समूहमध्येकै एक जनालाई छुरी प्रहर गरी घाइते बनाएकाे रिसिइबीका कारण धरान–८ कै सुसान्त लिम्बू, निश्चल बिक, शरण राई र धरान–७ पानमारास्टेण्डका मनिष लावती लिम्बूले छुरा प्रहार गरेकाे खुल्न अाएकाे छ । प्रहरीले त्यही दिन २ जनालाई छुरा प्रहार गरेकै दिन नियन्त्रणमा लिएता पनी नाम भने सार्वजनिक गरेको थिएन ।

युवाहरूले नीमा र धरान–८ कै मिलन बिकलाई छुरी प्रहार गरेका थिए । तर, नीमाको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा निधन भएको थियो । उनको छातीको दाँहिने भागमा छुरी प्रहार गरिएको थियो । त्यस्तै बिकको पनि छुरी लागेर सामान्य घाइते बनेका थिए । हत्यामा आरोपित चारै जनालाई कर्तव्य ज्यान मुद्दामा दर्ता गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्