मोरङको सुन्दरहरैचामा आज विहान हायस दुर्घटना १ को मृत्यु, ३ घाइते

मोरङको सुन्दरहरैचामा आज विहान हायस दुर्घटना १ को मृत्यु, ३ घाइते

विराटनगर १० चैत ।

पूर्व(पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दर(हरैचा नगरपालिका(८ मा आइतवार हायस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आज बिहान साढे ५ बजे पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३५४ नम्बरको हायस गाडी अनियन्त्रित भईदुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सुनसरी धरान बस्ने बर्ष १३ का सबिन मंग्रातीको घटनास्थलमा नै मृत्युभएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

त्यसैगरी हायसका चालक पथरीशनिश्चारे नगरपालिका ९ बस्ने बर्ष २९का रमेश बस्नेत हायसमा सवार सुन्दरहरैचा नगरपालिका ८बस्ने बर्ष १४को सुमन रम्तेल र उर्लाबारी बस्ने बर्ष २१ को सचिन भित्रिकोटी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरीक्षक शिव कुमार पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनाका घाइतेहरुलाई बिराट नर्सिङहोम बिराटनगरमा उपचारको लागी ल्याएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्