मोरङमा आज शान्तिपूर्ण रुपमा एसईई परिक्षा,उर्लाबारीमा भने एक जना गार्ड निष्कासित

मोरङमा आज शान्तिपूर्ण रुपमा एसईई परिक्षा,उर्लाबारीमा भने एक जना गार्ड निष्कासित

बिराटनगर चैत्र १० ,

यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) परिक्षा देशभर आजबाट सुरु भएको छ । परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले जानकारी दिएको छ । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।

आजको परिक्षाका क्रममा मोरङको सुनगाभा स्कुल उर्लाबारीबाट परिक्षामा अमर्यादित काम गरेको आरोपमा एक जना गार्ड निष्कासित भएका छन् ।

मोरङमा आज शान्तिपूर्ण रुपमा परिक्षा : 

मोरङमा आज शान्तिपूर्ण रुपमा परिक्षा संचालन भएको छ । मोरङका ३ सय ७३ विद्यालयका १८ हजार ३ सय परिक्षार्थीहरु एसईईको परिक्षामा सहभागि भएका छन् । उनीहरुले मोरङका विभिन्न ६९ वटा केन्द्रबाट जाँच दिदैछन् ।

सबै परिक्षा केन्द्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । विभिन्न परिक्षा केन्द्रको मोरङका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा अधिकारीहरुले नियमित अनुगमन र निरीक्षण गरेका छन् ।

यसपटकबाट सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छ वटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ । संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् ।

यस वर्षबाट एसईई परीक्षा प्रदेशमार्फत सञ्चालन हुने भनी सरकारले घोषणा गरे पनि सङ्घीय सरकारले हस्तान्तरण नगरेको र प्रदेशले सञ्चालनका लागि चासो नदिएकाले सङ्घमार्फत परीक्षा सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्