विराटनगरमा श्रृङ्गार सम्बन्धी सौन्दर्य कला व्यावसायलाई ब्राईडल मेकअप तालिम

विराटनगरमा श्रृङ्गार सम्बन्धी सौन्दर्य कला व्यावसायलाई ब्राईडल मेकअप तालिम

प्रेम देवान

विराटनगर १० चैत । सौन्दर्यकला व्यावसायलाई व्यावसायिक रुपमा अगाडी बढाउन विराटनगरमा एक दिने मेकअप सम्बन्धी तालिम सुरु भएको छ । नेपालका ख्यातीप्राप्त मेकअवप आर्टिसद्धारा सौन्दर्यकला व्यावसायमा आवद्ध व्यूटिसियनहरुलाई मेकअप सम्बन्धी तालिम प्रदान गरिएको छ ।
विराटनगर ट्राफिक चोकमा रहेको ओम साई मेक अप स्टुडियोले आयोजना गरेको एक दिने श्रृङगार तालिममा पूर्वका व्यूाटिसियनहरुको सहभागिता रहेको छ । विशेष गरी व्राईडल,पाटी वयेर सम्बन्धी कसरी मेकअप गर्ने सम्बन्धमा सहभागीहरुलाई तालिम प्रदान गरिएको ओम साई मेकअप स्टुडियोकी संचालिका रिता ढकालले जानकारी दिनुभयो ।
एक दिने श्रृङगार मेकअप तालिममा झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाबाट डेढ सय भन्दा सौन्दर्यकला क्षेत्रमा आवद्ध व्यूटिसियनहरुको उपस्थित रहेको छ । एक दिने श्रृङगार मेकअप तालिमको काठमान्डौमा रहेको अनामिकी व्यूटिसैलुनका सिनियर मेकअप आर्टिस दिनेस राईले सहभागीहरुलाई मेक अप सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्