विराटनगरका एक युवाले निर्माण गरे बुबाको स्मृतिमा विरामीका आफन्त बस्ने प्रतिक्षालय

विराटनगरका एक युवाले  निर्माण गरे बुबाको स्मृतिमा  विरामीका आफन्त बस्ने प्रतिक्षालय

विराटनगर १० चैत । विराटनगर १० शान्तिचोक निवासी सुभाष अमात्यले आफ्नो बुबाको स्मृतीमा विरामी बस्ने प्रतिक्षलय निर्माण गरेका छन् ।
कोशी अञ्चल अस्पताल छेउमा रहेको नेपाल क्षयरोग निवारण कार्यलयमा विरामी बस्ने प्रतिक्षाय निमार्ण गरि हस्तान्तर गरेका छन् । क्षयरोग दिवसको उपलक्ष्यमा अमात्यले वुवा सुवर्णबहादुर अमात्यका सम्झनामा विरामीलाई बस्नलाई एउटा प्रतिक्षाल स्थापना गरि हस्तान्तर गरेका हुन् ।
नेपाल क्षयरोग निवारण कार्यलय परिसरमा स्थापना गरीएको प्रतिक्षालय आईतबार एक समारोहविच नेपाल क्षयरोग निवाकरण संस्थाका अध्यक्ष राजन श्रेष्ठले उद्घाटन गरेका छन् । प्रतिक्षालय स्थापनामा करिव ८० हजार खर्च भएको अमात्यले जनाएका छन् । अमात्यले सो संस्थालाई एक थान पंखा र विरामी बस्ने कुर्सीहरुसमेत दिएका छन् । प्रतिक्षलमा १५ जनासम्म बस्न सक्ने कुर्सी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्