विराटनगरको भानु कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गर्यो

<span class='c1'>विराटनगरको भानु कलेजले कक्षा १२</span> <span class='c2'>का विद्यार्थीलाई विदाई गर्यो</span>

विराटनगर १० चैत । विराटनगर – ९ मा रहेको भानु कलेजले कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।
कलेजमा अध्यनरत १४ औं ब्याचका ३ सय ५० जना अध्ययनरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो ।
कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षामा प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको हो । कलेजले राष्ट्रिय परिक्षा बोर्डको परिक्षामा कलेज प्रथम हुने सुमित राजवंशी र दोस्रो हुने सन्दिप यादवलाई नगदसहित सहित सम्मान गरेको थियो ।
कार्यक्रममा कलेजका अध्यक्ष महेन्द्र सिटौला, कलेजका प्राचार्य देवेश प्रधान,कलेजका संस्थापकद्वय प्रा.डा. देवेन्द्र अधिकारी र प्रा.डा. दामोदर थापा क्षेत्री र कलेजका को–अर्डिनेटर आर.सी. कोइरालालगायतले भानु कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए । कलेजका विद्यार्थी मनिष देव, अमिरवरसिंह थापा र गरिमा अधिकारी लगायतले कलेजका वितेका दुई वर्षको अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्