विराटनगरको वडा नम्बर ११ले एक घर–एक विरुवा अभियान ल्याउँदै

विराटनगरको वडा नम्बर ११ले एक घर–एक विरुवा अभियान ल्याउँदै

शिवम मिश्र प्रशान्त
बिराटनगर, १० चैत । बिराटनगर महानगरपालिका वडा नम्बर ११ ले एक घर एक बिरुवा अभियान सञ्चालन गर्ने भएको छ । वडा नम्बर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले यहि नयाँ बर्ष वैशाख देखि अभियानको थालनी गर्ने योजना रहेको बताए ।

पछिल्लो समयमा विभिन्न कारणले रुख बिरुवाहरु बढी मात्रामा काटिँदै आएकोले वातावरण नाश हुन थाले पछि संरक्षणको लागि लागिएकोले संरक्षणको अभियान गर्न लागिएको हो ।
अध्यक्ष न्यौपानेले जथाभावी रुख बिरुवा काटिएकोले यसको संरक्षण अहिलेको आबश्यकता रहेकोले संरषणको काम गर्न लागिएको बताए ।
‘शहरमा बिजुली, पानी, बाटोघाटो भएर मात्र हुन्न, वडा अध्यक्ष न्यौपानेले भने, ‘मानव शरीरलाई आवश्यक रुपमा चाहिने अक्सिजनको लागि रुख बिरुववा संरक्षणको खाँचो छ ।’

उनले वढडा ११ नम्बर वडाका २६ वटै टोल संगठनहरु संग भेलाले गरेको निर्णयय अनुसार गर्न लागिएको सुनाए । टोल संगठनहरुले यो कार्यलाई समर्थन गर्दै अगाडि बढ्ने पनि बताए । टोल संगठन संयोजक र वडा अध्यक्षको निर्णय पश्चात् प्रत्येक घरलाइ वडा कार्यालयले विभिन्न फलफूलको बिरुवा उपलब्ध गराउने उनको भनाई छ ।
उनले विकास निर्माणको लागि आएको एक करोड बीस लाख मध्ये १ लाख विरुवा रोप्नको लागि खर्च गर्ने योजना रहेको जानकारी दिए । उनले १ लाखले नपुगे थप बजेट छुट्याएर भएपनि काम गरिने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्