एसईई परिक्षामा माेरङ्गमा २ जना परिक्षा निरीक्षक निष्काशित, एक बिद्यार्थीको परिक्षा रद्द

एसईई परिक्षामा माेरङ्गमा २ जना परिक्षा निरीक्षक निष्काशित, एक बिद्यार्थीको परिक्षा रद्द

विराटनगर, १० चैत । मोरङको धनपालथान गाउँपालिका-६ मा रहेको श्री सरस्वती माध्यामिक बिद्यालय दादरबैरियामा एसईई परीक्षा केन्द्रले  २ जना परिक्षा निरीक्षकलाई निष्काशित गरेको छ भने १ परिक्षार्थीको आजको परिक्षा रद्द गरेको छ ।

साे परिक्षा केन्द्रमा शिवशक्ति माध्यामिक विद्यालय सोराभागकी परिक्षार्थी  ऐश्वरी राईलाई मोवाईलबाट चिट चोरिरहेको अवस्थामा केन्द्रका केन्द्राध्यक्ष भागवत यादवले फेला पारेपछी निज परिक्षार्थीको आजको परिक्षा रद्द गरेको जनाएको छ । साथै सोही परिक्षा केन्द्रमा खटिएका शिक्षक संजय चौधरी र शिक्षिका शीलाकुमारी राजवंशीलाई अमर्यादीत तरिकाले परीक्षा गराएको पाईएपछि  दुवै जनालाई एसईई परिक्षा अवधिभर परिक्षा निरीक्षकबाट हटाएको  शिक्षा विकास तथा समन्वय ईकाईले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्