विराटनगरमा ट्राफिक प्रहरीको स्वास्थ्य परिक्षण, डाक्टरको टोली कार्यालयमै पुग्यो (भिडियाे सहित)

विराटनगरमा ट्राफिक प्रहरीको स्वास्थ्य परिक्षण, डाक्टरको टोली कार्यालयमै पुग्यो (भिडियाे सहित)

प्रेम देवान ।
विराटनगर, १० चैत । सधै धुलो र घामसँग लड्दै आएका ट्राफिक प्रहरीहरुको आफ्नै काममा व्यस्त हुन्छन् ।
कहिले सवारी चालकका धनीसँग जुवारी खेल्नु पर्ने त कहिले धुलो र घाम । घामको कुनै प्रवाह नगरी १२ घन्टा ट्राफिक प्रहरीको पोसाक लगाएर टिउटीमा खटिएका प्रहरीको पनि आफ्नै ब्याध्यता छ । उता आफ्नो स्वास्थ्य चेकचाज गर्न समेत फ्ुर्सद हुँदैन । तिनै ट्राफिक प्रहरीहरुको आईतबार ट्राफिक प्रहरी कार्यलयमा पुगेर चिकित्सकहरुले चेकजाँच गरेका छन् ।
विराटनगर ९ मा रहेको मोरङ सहकारी अस्पतालका चिकित्सको टोली जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङमा पुगेको थियो । मोरङ सहकारी अस्पातलबाट खटिएको डाक्टर भुगोल शाक्यको टोलीले ट्राफिक प्रहरीको स्वास्थ्य चेकचाँच गरेको हो । ट्राफिक प्रहरीहरुमा विशेष गरी स्वासप्रवास, मधुमेह, घाटीमा समस्या तथा प्रेसरका बढी विरामी भेटिएको डाक्टर भुगोल शाक्यले जानकारी दिए ।
बदलिदो मौसम सँगै विराटनगरको हाल निर्माणधिन बाटोको धुवा धुलोले ट्राफिक प्रहरी कर्मचारीमा रोगको संक्रमण चाडै नै फैलन सक्ने भएकाले वेला – बेलामा उनीहरुको स्वास्थ्य जाँच गरिएको ट्राफिक प्रमुख शिव कुमार पोखरेलले जानकारी दिए । १५ दिने ट्राफिक सचेतना अभियान अन्तर्गत मोरङ जिल्ला भरी रहेका ट्राफिक प्रहरी कर्मचारीको स्वास्थ्य परिक्षण गरिएको उनले जानकारी दिए । स्वास्थ्य शिविरमा करिब ६२ जना ट्राफिक प्रहरीले स्वास्थ्य लाभ लिएको ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।

https://www.facebook.com/ourbrt/videos/1200219176799429/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्