प्रदेश सांसदमा आगलागीको चिन्ता : विराटनगर विमानस्थल दमकल चुस्त बनाउन ध्यानाकर्षण

प्रदेश सांसदमा आगलागीको चिन्ता : विराटनगर विमानस्थल दमकल चुस्त बनाउन ध्यानाकर्षण

विराटनगर, १० चैत ।
प्रदेश सभामा सांसदहरुले आगलागीको बिषयलाई प्राथमिकता दिएका छन् । उदयपुरकी सांसद अम्बिका थापा र मोरङका सांसद जयराम यादवले प्रदेश सभामा आगलागीका समस्या र क्षतीको बारेमा प्रश्न राखेका हुन् । संघीय समाजवादीका सांसद जयराम यादवले स्थानीय तहहरुमा वारुण यन्त्रको उचित व्यवस्थापन गर्दै तयारी अवस्थामा राख्नुपर्ने बताए । उनले वारुण यन्त्र तयारी अवस्थामा राखे आगलागीबाट हुने ठूलो क्षतिलाई घटाउन मद्दत मिल्ने बताए ।

विराटनगर विमानस्थलमा राखिएका दमकल देखाउनको लागि राखिएको तर त्यहाँ कुनै पनि कर्मचारी नहुँदा कुनै दुर्घटना भईहाले कोही पनि कर्मचारी नहुने गरेको सुनाए । दमकल छ, तर त्यहाँ कार्यरत कोही पनि कर्मचारी दमकलको हुँदैनन्, सांसद यादवले भने, हरेक बिमानको उडान र अबतरणको बेला दमकलका कर्मचारी अनिवार्य राख्ने ब्यवस्था गर्नुपबर्छ ।’ कुनै घटना जानकारी दिएन नहने भएकाले यस्ता अत्याबस्यक उपकरणहरु तयारी अबस्थामा रहनु पर्ने उनको भनाई छ।
यादवले आगलागीबाट हुने क्षति घटाउन जनचेतनामुलक कार्यक्रम गर्न पनि जरुरी भएको बताए ।

त्यस्तै सांसद यादवले सांसद कोषको रकम अहिलेसम्म खर्च हुन नसकेको र सम्बन्धित क्षेत्रमा नपुगेको गुनासो गरे । उनले अहिलेसम्म विकासका बजेट खर्च हुनै नसकेकोले चाँडै त्यस तर्फ ध्यान दिन आग्रह गरे । उनले अहिले पनि धेरै युवा नागरिकताबाट बञ्चीत हुँदा उनीहरुको पठन पाठन, लगायत सबै जीवनमा नै असर पुग्नै गएको स्मरण गराए ।

[caption id="attachment_80775" align="alignnone" width="800"] प्रदेश १ सभामाकाे शुन्य समयमा बाेल्दे प्रदेश सभा सदस्य जयराम यादव[/caption]

आइतबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उदयपुरकी नेकपा सांसद अम्बिका थापाले पनि आगलागीको बिषय उठाएकी छिन् । रौतामाई नगरपालिका २ मा भीषण आगलागीमा परी विचल्लीमा परेका ५ परिवारलाई प्रति परिवार एक लाख रुपैयाँका दरले सहयोग गर्न प्रदश सरकारको ध्यानाकर्षण गरिन् । उनले आगलागीबाट पशुचौपायासमेत गुमाएका स्थानीयको अवस्था निकै दयनीय हेकोले उनीहरुको अबस्थाको बारेमा प्रदेश सरकारले ध्यान दिनु पर्नेमा जोड दिईन् ।
आइतबारको प्रदेशसभा बैठकमा कांग्रेसका सांसद लोकप्रसाद संग्रौला, राजकुमार ओझा र शिवनारायण गन्गाईले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्