आजदेखि प्रदेश १ का तीन जिल्लामा टिप्परलाई ‘टाइम कार्ड’ लागु, दुर्घटना न्यूनिकरण होला ?

आजदेखि प्रदेश १ का तीन जिल्लामा टिप्परलाई ‘टाइम कार्ड’ लागु, दुर्घटना न्यूनिकरण होला ?

प्रेम देवान।
विराटनगर, ११ चैत । झापा, मोरङ र सुनसरीमा आजदेखि टिप्परलाई टाईमकार्ड लागु हुन भएको छ । चैत ११ गतेदेखि लागुहु्ने गरी भएको निर्णय अनुसार प्रदेश नम्बर १ का तीन जिल्लामा एक साथ टिप्परलाई टाइम कार्ड लागू गरिने भएको हो ।

मोरङको केही स्थानमा आईतबार नै टाईमकार्ड वितरण गरिता पनि आजदेखि मोरङ, सुनसरी र झापामा टाइम कार्ड लागू गरिने प्रहरीले जनाएको छ ।
तिव्र गतिमा गुड्ने टिप्परको गति कम होस् र दुर्घटना न्युनिकरण होस् भन्नका लागि यो अभियान संचालनमा ल्याउन लागिएको हो । सवारी दुर्घटना न्यूनिकरण गर्न टिप्परलाई ‘टाइम कार्ड’ लागु गरिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिए ।

टिप्पर चालकलाई चाहिले पासबुक प्रहरीले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको पौडेलले बताए । उनका अनुसार झापा, मोरङ र सुनसरीको ट्राफिक प्रहरी कार्यालयमा सबै सामाग्री पु¥याएको छ । तीन जिल्लाको लागि १ हजार २ सय वटा पासबुक आकारको टाइम कार्ड बनाएको एसपी पौडेलले जानकारी दिए ।
सुनसरी र झापामा भन्दा मोरङमा सबैभन्दा बढी टिपर रहेको अनुमान ट्राफिक प्रहरीको छ । मोरङमा दैनिक २ सय ५० देखि ३ सय वटासम्म टिप्पर चल्ने गरेको मोरङ ट्राफिक प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए ।
पोखरेलले भने, ‘निर्धारित समयभन्दा पहिले चालकले टिप्पर लगेमा वा ल्याएमा कारवाही कार्वाहीमा पर्छन् । त्यस्तो हुँदा अहिले टिप्परको कारणबाट भईरहेको दुर्घ६ना न्युनिकरण भएर जाने छ ।’ यदी समय भन्दा चाँडो पुगेमा पहिलो पटक एक हजार रुपैयाँ जरिवाना असुल गरिने छ । दोस्रो पटक पुनः नियमको उल्लंघन गरेमा कारवाहीको दायरा बढाउने तयारीमा रहेको प्रहरीको भनाइ छ । ‘टाइम कार्ड’ लागू भएपछि प्रहरीले छुटेको स्थान, पुग्ने स्थान, पुगेको समय र दस्तखत र छाप समेत लगाउनेछ ।
मोरङको हकमा पहिलो चरणमा ट्राफिक प्रहरीले मोरङको भाउन्ने देखि शुरु हुने टिप्पर विराटचौकसम्म ९ किलोमिटरको दुरी पार गर्न २० मिनेटको समयसिमा दिएको छ । भाउन्ने देखि हिडेको टिपर २० मिनेट भन्दा अगाडी नै विराटचौक पुगे ट्राफिकको कारवाहीमा पर्नेछ, पोखरेलले भने । यसरी हिँडेका टिप्परहरु हरेक चोकमा निगरानीमा पर्नेछन् । यदी निगरानीमा परेको समय भन्दा अगाडी नै पुगेको अबस्थामा कार्वाही गरिने ट्राफिक प्रहरीले जनाएको छ । यो अभियान टिप्पर संचालक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, प्रदेश ट्राफिक प्रहरी सहित सरोकारवालाको बिभिन्न समयमा भएको छलफल पछि कार्यान्वयनमा ल्याईएको हो । यो टाईम कार्ड लागु भएपछि पछिल्लो समय टिप्परको ठक्करबाट ज्यान जानेको संख्यामा कमीआउने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्