प्रदेशसभा नियमावली संशोधन मस्यौदा पास, २ सय ३ नियममध्ये ४५ दफा परिवर्तन

प्रदेशसभा नियमावली संशोधन मस्यौदा पास, २ सय ३ नियममध्ये ४५ दफा परिवर्तन

विराटनगर, ११ चैत ।
एक नम्बर प्रदेशसभामा पेश भएको प्रदेशसभा नियमावली संशोधन मस्यौदा प्रतिवेदन पास भएको छ ।

प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिका सभापति तुलसीप्रसाद न्यौपानेले संसदमा पेस गरेकोे प्रतिवेदन उपर संशोधन पेश गर्नका लागि ७२ घण्टाको समय दिइएको थियो ।प्रतिवेदन उपर कुनैपनि संशोधन नपरेपछि पास भएको हो ।

प्रदेशसभा सञ्चालन नियमावलीमा भएका २ सय ३ दफामध्ये पहिलो संशोधन मार्फत ४५ दफाहरु परिवर्तन गर्ने गरी प्रस्ताव दर्ता भएको थियो । प्रतिवेदन पारित भएसंगै नियमावलीका ४५ ओटा नियमहरु संशोधन भएका छन् । प्रदेशसभाले प्रदेशको राजधानी र नामको टुंगो लगाउनु पर्ने दवाव बढिरहेको भएपनि त्यस विषयको प्रस्ताव संसदमा कसरी लैजाने भन्ने कुरा संसद सञ्चालन नियमावलीमा उल्लेख नभएकोले नियमावली संशोधन गर्नु परेको हो ।

प्रदेशसभा सञ्चालन नियमावली संशोधन प्रस्ताव पारित भएपछि अब प्रदेश नाम र राजधानीको विषय सदनमा लैजाने मार्ग प्रशस्त भएको छ । संशोधित नियमावलीको दफा ५८ (क) मा प्रदेशको राजधानी सम्वन्धि प्रस्तावको व्यवस्था गरिएको छ । प्रदेशसभाका कुनै पनि सदस्यले दुई जना सदस्यको समर्थनमा राजधानीको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।
प्रदेशसभाका सचिव मार्फत पेश भएको प्रस्ताव सभामुखसमक्ष प्रस्तुत गर्नुपर्ने र कार्य व्यवस्था परामर्श समितिमा छलफल पछि प्रस्तावक सदस्यले सदनमा पेश गर्ने व्यवस्था गरिएको छ ।यसैगरी प्रदेश सरकारका मन्त्रीहरुसँग प्रश्नोत्तरको व्यवस्था पनि संशोधन मार्फत समावेश गरिएको छ । यस अघि सरकारका मन्त्री तथा मुख्यमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्