प्रदेश १ मा जनताको मुहारमा खुसी झल्कने गरी विकास निर्माणका योजना बनाईने

प्रदेश १ मा जनताको मुहारमा खुसी झल्कने गरी विकास निर्माणका योजना बनाईने

विराटनगर, ११ चैत ।
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले जनताको मुहारमा खुसी झल्कने गरी विकास निर्माणका योजना बनाउनुुपर्ने बताएका छन् ।

प्रदेश एक भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा विराटनगरमा सुरु भएको आर्थिक वर्ष २०७५÷७६ को दोस्रो चौमासिक प्रगति समिक्षा बैठकलाई सम्बोधन गर्दै उनले जनतालाई केन्द्रबिन्दु मानेर प्रतिफल आउने गरी विकास निर्माणका योजना बनाउनुपर्नेमा जोड दिए । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री राईले विगतमा बनेका कतिपय योजना कागजमा मात्र सीमित हुने गरेकाले समयमा काम सम्पन्न हुने र त्यसको प्रतिफल जनताले पाउने खालको योजना वनाउनु आवश्यक रहेको बताए ।
उनले प्रदेश सरकारले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणमा ढिलासुस्ती हुन नदिने प्रस्ट पारे । प्रदेश प्रमुख सचिव केदार न्यौपानेले जनताको आकांक्षा जोडिएका विकास निर्माणमा नतिजा आउनेगरी काम गर्नुपर्ने बताए ।
मन्त्रालयका सचिव सागरकुमार राईले, मन्त्रालयमा दक्ष कर्मचारीको व्यवस्थापन नहुँुदा चाहे जस्तोगरी कामले गति लिन नसकेको उल्लेख गरे । दुई दिनसम्म चल्ने बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश योजना आयोग तथा विभिन्न प्रदेश कार्यालयका प्रमुख तथा इन्जिनियरहरुको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्