तेस्रो पाँचथर गोल्डकपको खेल तालिका सार्वजनिक

तेस्रो पाँचथर गोल्डकपको खेल तालिका सार्वजनिक

पाँचथर, ११ चैत ।
पाँचथर क्लबले चैत २३ गतेदेखि आयोजना गर्न लागेको तेस्रो पाँचथर गोल्डकपको खेल तालिका सार्वजनिक गरेको छ ।
क्लबका अनुसार यो संस्करणमा २ वटा विभागीयसहित १० टिम सहभागी हुनेछन् ।

हिमालयन शेर्पा, न्यू स्टार क्लब सुनसरी, दार्जिलिङ युनाइटेड, विर्तामोड युनाइटेड, रेडहर्स इलाम, विजय युथ क्लब हेटौडा, जावलाखेल युथ क्लब ललितपुर आयोजक पाँचथर क्लब र मिसन युनाइटेड क्लबले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको आयोजकले जनाएको छ । फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताका बिजेता टिमले नगद ४ लाख र उपविजेताले २ लाख पुरस्कार प्राप्त गर्नेछन् । आयोजकले यो वर्ष बिदेशी खेलाडी नखेलाउने भएको छ । प्रतियोगितामा भाग लिन लागि जिल्लाका उत्कृष्ट टिमबाट छानिएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिएको छ ।
बैशाख २ गतेसम्म चल्ने प्रतियोगितामा प्रत्येक दिनका उत्कृष्ट खेलाडीले नगद ५ हजारका दरले पुरस्कार पाउनेछन् भने विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार पुरस्कार दिइने क्लबका सचिव योगराज सेढाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्