ईटहरीमा जारी मेयर कपमा आज दुई खेल हुने, धरान र गढी तथा इनरुवा र दुहवी मैदानमा

ईटहरीमा जारी मेयर कपमा आज दुई खेल हुने, धरान र गढी तथा इनरुवा र दुहवी मैदानमा

इटहरी, ११ चैत ।
इटहरीमा आइतवारदेखि सुरु भएको मेयरकप खेलकुद प्रतियोगिता अन्तर्गत फूटबलमा रामधुनी नगरपालिकाले बिजयी सुरुवात गरेको छ ।

इटहरी रंगशालामा भएको प्रतियोगिताको उदघाटन खेलमा रामधुनी नगरपालिकाले इटहरी उपमहानगरपालिका रातोलाई १–०गोल अन्तरले पराजित गरेको हो । जीतसंगै रामुधनी नगरपालिका सेमिफाइनल प्रवेश गरेको छ । रामधुनीका लागि सन्दिप लिम्वूले गरेको गोल नै निर्णायक वन्यो । खेलको म्यान अफ द म्याच रामधुनीका आविश्कार खड्का घोषित हुदै नगद २ हजार पाए ।
आज दुई वटा खेल हुनेछन । पहिलो खेलमा धरान उपमहानगर र गढी गाँउपालिका बिच हुनेछ भने दोश्रो खेलमा इनरुवा र दुहवी नगरपालिका बीच हुनेछ । प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार नगद पुरस्कार पाउनेछ । मेयरकप प्रतियोगिता अन्र्तगत फूटबल सहित प्रदेश नम्वर १ का पालिका स्तरीय क्रिकेट, भलिवल र तेक्वान्दो प्रतियोगिता समेत हुनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्