अमेरिकामा उपचार गराई रहनुभएकी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार

<span class='c1'>अमेरिकामा उपचार गराई रहनुभएकी प्रचण्ड</span> <span class='c2'>पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार</span>

काठमाडौँ चैत ११ गते ।

अमेरिकामा उपचार गराई रहनुभएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छ । पार्किन्सस् रोगबाट ग्रसित दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गर्नुभएको थियो । एक हप्ताको उपचारपछि उहाँमा निकै सुधार आएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार दाहालको स्वास्थ्यमा पहिलेभन्दा निकै सुधार आएको छ र सोमवार ‘रिर्पोर्ट’ आएपछि सबै कुरा स्पष्ट हुन्छ । आफै हिडडुल गर्न नसक्ने अवस्थामा रहनु भएकी दाहाल अहिले आफै हिँडडुल गर्ने अवस्थामा पुग्नुभएको छ । सोमवारको रिपोर्ट हेरेर थप उपचार गराउनुपर्ने वा फर्किनु पर्ने तय हुने बताइएको छ । उहाँको उपचार अमेरिकाको जोन हप्किङ्स अस्पतालमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्