विप्लबका कोशी ब्युरो ईन्चार्ज सहित २ जना माेरङबाट पक्राउ, प्रहरीले पुष्टी गरेन, डिआईजी नै अनभिज्ञ

विप्लबका कोशी ब्युरो ईन्चार्ज सहित २ जना माेरङबाट पक्राउ, प्रहरीले पुष्टी गरेन, डिआईजी नै अनभिज्ञ

विराटनगर, ११ चैत ।
मोरङको कानेपोखरी बयरवन क्षेत्रबाट प्रहरीले नेकपा बिप्लबका कोशी ईन्चार्ज सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कोशी ब्युरो इन्चार्ज घनश्याम श्रेष्ठ सहित अर्का आकाश शर्मालाई पनि प्रहरीले पक्राउ गरेको हो । गएराती मोरङको कानेपोखरी क्षेत्रबाट श्रेष्ठलाई पक्राउ गरिएको जनाईएको छ । तर पक्राउ परेका ब्यक्तिको बारेमा प्रहरीले पुष्टी गरेको छैन ।

मोरङका एसपी मनोज केसीले पक्राउ बारेमा आफुलाई जानकारी नभएको बताएका छन् । पक्राउ परेको ब्यक्तिको बारेमा आफुलाई जानकारी नभएको र यदी पक्राउ परेको भएपनि प्रदेश प्रहरी वा केन्द्रीय प्रहरीले पक्राउ गरेको भए आफुलाई जानकारी नहुने सुनाए ।
रातीको समयमा प्रहरीले पक्राउ गरेको उनलाई कहाँ लग्यो र कसले पक्राउ ग¥यो भन्ने अन्यौल नै छ । यस बारेमा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक डिआईजी केदार रिजालले आफुलाई कुनै जानकारी नभएको बताए । विश्वस्त सुरक्षा श्रोतका अनुसार मोरङको कानेपोखरी क्षेत्रबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रेष्ठ सहित अर्का नेता आकाश शर्मा पनि प्रहरी नियन्त्रणमा छन् ।
त्यस्तै प्रहरीले भारतको सिल्गुडीबाट नेपाल भित्र्याउँदै गरेको ठुलो परिमाणको डेटोनेटर सहित थप एक जनालाई झापाबाट पक्राउ गरेको श्रोतले जनाएको छ । डेटोनेटर सहित पक्राउ परेका ब्यक्तिको बारेमा पनि प्रहरीले केही खुलाएको छैन ।
सरकारले गत फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सो पार्टीका नेता कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले सुरक्षा सतर्कता बढाएको छ भने पक्राउ परेका ब्यक्तिहरुको बारेमा पनि गोपनियता कायम गर्न थालेको बताईन्छ ।
शुक्रबार रातिमात्रै मध्य केन्द्रीय कमाण्ड हेमन्तप्रकाश ओली (सुदर्शन)सहित ९ जना काभ्रेबाट पक्राउ परेका थिए । उनीहरुले हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, संगठित अपराध र राज्यविरुद्धको अपराधमा ८ दिनको म्याद लिएर अनुसन्धान भएको छ ।
पक्राउ परेका श्रेष्ठ पार्टीको कोशी ब्युरो अन्तर्गत पर्ने जिल्लाहरु सुनसरी ,भोजपुर ,मोरङ र धनकुटा हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्