‘खाने मुखलाई जुँगाले नछेकेका’ एसईई परीक्षार्थी

‘खाने मुखलाई जुँगाले नछेकेका’ एसईई परीक्षार्थी

नेपाली उख्खान छ, ‘जहाँ इच्छा त्यहाँ उपाय, खाने मुखलाई जुँगाले छेक्दैन ।’ अहिले धमाधम चलिरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा पनि यो उखान जस्तै देखिएको छ ।

आइतबारबाट शुरू भएकाे एसईई परीक्षा विगतका वर्ष भन्दा अलि फरक देखिएकाे । विभिन्न बाधा-अवरोधबीच पनि धेरै परीक्षर्थीहरुले एसईई परीक्षा दिइरहेका छन् । किरियापुत्री बसेकादेखि सुत्केरीलेसम्मले परीक्षा दिइरहेका छन् ।

याे वर्ष मुलुकभरबाट लगभग ४ लाख ७५ हजारकाे परीक्षार्थी सहभागी भएका छन् । पहिलो दिनको अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ ।

किरियापुत्री एसईई परीक्षामा सहभागी 

लमजुङमा एक किरियापुत्री एसईई परीक्षामा सहभागी भएका छन्। ६ दिनदेखि बुवा टोखबहादुरको किरिया बसेका बेंसीसहर नगरपालिका-७ का दरेश पौडेल परीक्षामा सहभागी भएका हुन्। उनले खाली खुट्टा, सेतो कपडामै एसईई परीक्षा दिइरहेका छन् ।

चितवनको रत्ननगर नगरपालिका टाँडीस्थित श्रीराम बैद्धिक संस्कृत गुरुकुलमा अध्ययनरत पौडेल बुबाको किरिया गर्न लमजुङ पुगेका थिए। एसईई परीक्षा समितिको विशेष बैठकले उनको परीक्षा केन्द्र बेंसीसहर सारिएको थियो। उनलाई बेंसीसहरस्थित जनविकास मावि केन्द्रमा परीक्षा दिइरहेका छन् । उनका लागि छुट्टै कोठा उपलब्ध गराइएको छ ।

१५ दिने सुत्केरी एसईई परीक्षा सहभागी

दाङकाे तुलसीपुर उपमहानगरपालिका ६ गाइडरकी २५ वर्षीया सुशीला भण्डारी १५ दिनको बच्चा कोखिलामा च्यापेर परीक्षामा सहभागी भएकी छन् । आइतबार बच्चा हेर्नका लागि एक आफन्तसँगै परीक्षा केन्द्र महेन्द्र माध्यामिक विद्यालय तुलसीपुर पुगेका थिए । उनले खुल्ला विद्यालयमा अध्ययन गरेकी थिइन् ।

घरबाटै एसईई दिँदै करिश्मा

बैतडी जिल्लाको देहीमाडौंकी एक छात्राले एसईई परीक्षा घरबाटै दिएकी छन् । अपांगता भएका कारण करिश्मा बोहराले घरबाटै एसईई परीक्षा दिएकी हुन् । परीक्षाकेन्द्र मणिलेक मावि गुरुखोलासम्म पुग्न नसक्ने भएपछि करिश्मालाई घरबाटै एसईई परीक्षा दिने व्यवस्था मिलाइएको हो । उनको परीक्षाका लागि एकजना निरीक्षक र एकजना सुरक्षाकर्मीको व्यवस्था परिचालन गरिएको छ ।

६७ वर्षमा एसईई

यो वर्षको एसईई परीक्षामा ६७ वर्षीया वृद्वा समेत सामेल भएकी छन् । कागेश्वरी मनोहरा बस्ने युगमाया कार्कीले आजदेखि सुरु भएको एसईई परीक्षा दिएकी हुन् ।

उत्प्रेरणा महिला माविमा पढेकी युगमायाको सिद्धेश्वर मावि सुविधानगरमा परीक्षा केन्द्र परेको छ । कार्की यो वर्षको एसइई परीक्षा दिने सबैभन्दा जेष्ठ नागरिक बनेर रेकर्ड हुन् ।

ओखलढुंगाको लिखु गाउँपालिका ७ गाम्नाङमा जन्मिएकी कार्कीले उ बेला विद्यालय देख्न पाइनन् । तर बुढेसकालमा भएपनि उनी एसईई परीक्षामा सहभागी भएकी छन् ।

पढाई छाडेको ३५ वर्षपछि एसईई दिँदै वडाध्यक्ष

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका – ८ राम्चेका वडाअध्यक्षले पढाई छाडेको ३५ वर्षपछि एसईई परीक्षा दिएका छन् । ५० वर्षीय वडाअध्यक्ष गर्बुजा २०४४ को एसएलसीमा गणित विषय लागेर फेल भएका थिए ।

वडाध्यक्ष खमबहादुर गर्बुजासहित तीनजना जनप्रतिनिधि एसईईमा सहभागी भएका हुन् । यस्तै वडा सदस्य गेममाया पुन (राममाया) र देवकुमारी खोरजाले पनि बेनीको प्रकाश माविमा सञ्चालित खुल्ला विद्यालयबाट एसईई परीक्षा दिएका छन् ।

नायिका

नायिका करिश्मा मानन्धर पनि एसईईमा सहभागि सहभागी भएकी छन् । उनी विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् ।

सांसद पनि

एसईईमा प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी सहभागी भएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक समेत रहेकी सांसद चाैधरी महेन्द्र मावि तुलसीपुर केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् ।

कैदिबन्दी

विभिन्न किसिमका अपराधिक क्रियाकलाप गरी कैद भुक्तान भोगी रहेका १९ जनाले एसइई परिक्षा दिएका छन् । परीक्षामा वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन जनाले सहभागिता जनाएका हुन् ।

परीक्षामा सामेल भएका लागूऔषधलगायत मुद्दामा पक्राउ परेका परीक्षर्थीलाई कडा सुरक्षा व्यवस्थाका साथ कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख गणेश भण्डारीले जानकारी दिए । देशका विभिन्न ठाँउबाट पनि कैदीबन्दी परीक्षामा सहभागी भएका छन् । (न्युज २४ साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्