विराटनगरको अर्किड स्कुलको प्रिन्सिपलमा सि.एम श्रेष्ठ नियुक्त

विराटनगरको अर्किड स्कुलको प्रिन्सिपलमा सि.एम श्रेष्ठ नियुक्त

विराटनगर,११ चैत ।  विराटनगर–१० मा रहेको अर्किड पब्लिक स्कूलको प्रिन्सिपमा सि.एम. श्रेष्ठलाई नियुक्त हुनुभएको छ ।
लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशिल रहेर अध्यापनमा लागि परेका श्रेष्ठलाई सोमबार एक कार्यक्रम आयोजना गरि अर्किड स्कूलको प्रिन्सिपलको रुपमा नियुक्त गरिएको हो । गुणस्तरीय शिक्षा प्रधान गर्न लागि परेका श्रेष्ठलाई अनुभवी प्रिन्सिपलको रुपमा हेरिन्छ । श्रेष्ठलाई अर्किड कलेजका प्रमुख दिपेश बास्तोला, अध्यक्ष सिएम रिजालले स्वागत गरेका थिए । श्रेष्ठ अर्किडमा आएसँगै स्कूललाई थप उचाइमा पु¥याउने विश्वास लिएको छ ।
डा.सुजित साह, सन्दीप सेठीया, पि.के.कामत, मनिष भट्टराई, राकेश साह, ओमप्रकाश यादव, तुलसी गिरी र विनोद बास्तोला अर्किडको नयाँ व्यवस्थापनमा आएका छन् ।
प्रिन्पिल नियुक्त भएका श्रेष्ठले स्कूललाई थप नयाँ उचाइमा पु¥याउने बताए । उनले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूलाई जीवन उपयोगी शिक्षा प्रदान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्