नेपाल टेलिकम विराटनगरका कर्मचारी कानेपोखरीकाे महाराजथान पैनीमा मृत्त फेला

नेपाल टेलिकम विराटनगरका कर्मचारी कानेपोखरीकाे  महाराजथान पैनीमा  मृत्त फेला

विराटनगर, ११ चैत । नेपाल टेलिकम विराटनगरका कर्मचारी ४२ वर्षीय प्रलाद कोइराला मोरङको कानेपोखरी गाउँपालिका–५  महाराजथान पैनीमा  मृत्त फेला परेका छन् । विराटनगर महानगरपालिका–५ जामुनगाछी घर भएका कोइराला मृत्त फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए ।

कोइराला दूरसञ्चारका लाइनमेन हुन् । बजगाईका अनुसार पानी बगिरहेको पैनीमा डुबेर मृत्यु भएको अवस्थामा कोइरालाको शव फेला परेको हो । पैनीमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीका अनुसार कानेपोखरी–५ बाट हिजो साँझ विराटनगरस्थित घरतर्फ फर्किएका कोइरालाको आज मृत फेला परेका हुन् ।  घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । अत्यधिक मादक पदार्थ सेवन गरेका कारण पैनीमा लडेपछि उठ्न नसकेर त्यहीं मृत्यु भएको हुन सक्ने प्रहरी अनुमान छ । शवको कोसी अञ्चल अस्पताल विराटनगरमा पोष्टमार्टम गरिएको छ ।

त्यस्तै विराटनगर–११ पंचमुखी चौक बस्ने ८१ वर्षीय कान्छी सिजली मगरको आफ्नै घर अगाडि रहेको नालीमा लडेर मृत्यु भएको छ । डिलमा बसिरहेको अवस्थामा नालीमा लडेर घाइते भएकी वृद्धाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्