विराटनगरमा जि.पि.फाउन्डेसनले गर्यो रक्तदान १ सय ५० दिए रगत

विराटनगरमा जि.पि.फाउन्डेसनले गर्यो रक्तदान १ सय ५० दिए रगत

विराटनगर ११ चैत । गीरीजाप्रसाद कोइरालाको ९ औ स्मृति दिवसका अवसरमाजि.पि कोइराला फाउन्डेसन प्रदेश नं १ ले सोमवार रक्तदानकार्यक्रम सम्पन्न गरेको छ ।
विराटनगर स्थित फाउन्डेसनको कार्यालय कोइराला निवास, पुष्पलालचोक र कटरी गाउपालिकामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा १ सय ६१ जनाले रक्तदान गरेको फाउन्डेसनकी अध्यक्ष इन्दिरा थापाले जानकारी दिइन । रक्तदान कार्यक्रममा भक्तिनाथ माझी,सन्जय थापा ,लिला काफ्ले र जय पासवानले विभिन्न स्थानको संयोजन गरेका थिए । पछिल्लो समय रगत अभाव भइरहेको बेला रत्तदान गरीएको जि.पि पाउन्डेसन मोरङका संयोजक कौशल निरौलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्