विराटनगरको डि प्लडको सटरभाडा टेण्डरबाट, ३ सय ८४ रुपैयाँमा बस्न नपाएका ब्यापारी अदालतमा

विराटनगरको डि प्लडको सटरभाडा टेण्डरबाट, ३ सय ८४ रुपैयाँमा बस्न नपाएका ब्यापारी अदालतमा

प्रेम देवान ।
विराटनगर ११ चैत । तपाई सुन्दा पनि अचम्म लाग्न सक्छ , आज बजारमा ३ सय रुपैयाँमा सटर भाँडामा पाईन्छ भन्दा । तर यो कुरा कुनै अचम्मको बिषय हैन । हिजो आज साथीभाईसँग बसेर चिया – नस्ता मात्र खायो भने पनि ५ सय भन्दा बढी विल उठ्छ । केही ब्यक्तिको चलखेलमा १० हजारदेखि २० हजारमा लाग्नु पर्ने महानगरपालिकाको सटर ३ सय रुपैयाँ मै लगाएको पाईएको छ ।

विराटनगर महा–नगरपालिकाद्धारा संचालित विराटनगरको मुटुमा रहेको डि प्लट भवनका सटरहरु अहिले पनि ३ सय ८४ देखि ३ हजार १ सय ५० रुपैयाँँमा भाडा लगाएको पाईएको छ । विराटनगरको मुख्य बजारका सटरहरु कम्तीमा पनि १० हजारदेखि २० हजारसम्म भाडामा लाग्ने गरेको छ । तर त्यही विराटनगरको मुटुमा रहेको मुख्य बजारमा संचालित सटर महानगरपालिकाका केही कर्मचारी र दलालहरुको मिलेमतोमा बर्षौदेखि भाडामा लिने र दिने विषयमा अनामियतता भएको पाईएको हो । विराटनगर महानगरपालिकाद्धारा संचालित बुधहाट चोक स्थित उक्त भवनका सटरहरु गुन्द्री सब्जी मण्डी व्यवस्थापन समितिले जिम्मा लिएर भाडा लगाउने र पलैसा उठाउने गरेको थियो ।
भाडा कम उठेपछि महानगरलाई तनाव
उपभोक्ता समिति मार्फत चलेको डी प्लटमा भने न्यून शुल्कमा भाडा लगाएको पाइएपछि विराटनगर महानगरपालिकाले नया“ टेण्डर प्रकृया सुरु गरेको छ । बोलपत्र आह्वान समेत गरेर टेण्डर प्रक्रियाबाट काम गर्न लागेको हो । डि प्लटमा हाल मेन रोड , ठाकुरबारी रोड गरेर जम्मा २० वटा सटर छन् । २० वटा सटर न्यून मुल्यमा भाडा लगाएको पाइएपछि नया“ टेण्डर आह्वान गरिएको विराटनगर महानगरपालिका प्रवक्ता राजेन्द्र प्रधानले जानकारी दिए ।
प्रधानले वितिय ब्यवस्थापन महाशाखामा सरुवा भएर आएपछि नया“ टेण्डरको प्रकृया सुरु गरेका हुन् । ‘न्यून मुल्यमा भाडा लागेका कारण मासिक २९ हजार हाराहारी उठ्दो रहेछ ।’ उनले भने ‘ नया“ टेण्डर खोलेका छौं ।’
ब्यापारीले दिएको रिट उच्च अदालतबाट खारेज
महानगरपालिकाले नया“ टेण्डर खोलेपछि सटरमा व्यावसाय संचालन गरेका व्यवसायीले उच्च अदालतमा परमादेशकालागि रिट दायर गरेका छन् । उच्च अदालतका न्यायधिश हरिप्रसाद भण्डारीको इजलासले रिट जारी गर्न आवश्यक नरहेको आदेश दिएको छ ।
‘मासिक ३ सय ८५ रुपैयादेखि अधिकतम ३ हजार एक सय ५० रुपैया भाडा बुझाउदै आएका व्यवसायीहरुले दायर गरेको रिटमा उच्चले परमादेश जारी गर्न आवश्यक नरहेको आदेश दिएको हो ।
महानगरपालिकाले गत फागुन २३ गते पहिलो पटक ठेक्का प्रकृयाको लागि आह्वान गरेको थियो । महानगरले हाल भवनको बाहिरी सटर प्रति वर्गफिट न्यूनतम २ सय २० र भित्री सटर १ सय ५० वर्ग फिट रकम तोकेको छ । न्यून मुल्यमा भाडा लाग्दै आएको विराटनगर ए र बी प्लट महानगरपालिकाले चार वर्ष अघि खाली गराएर अहिले निशुल्क पार्किङको व्यावस्था गरेको छ भने सि प्लट भने २०७७ सम्मकालागि भाडामा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्