विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृतले कार्यालयमा देखिएको बेथिती सुधार्ने

विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृतले कार्यालयमा देखिएको बेथिती सुधार्ने

विराटनगर ११ चैत । विराटनगर महानगरपालिकामा भर्खरै सरूवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले ऐतिहासिक शहर विराटनगरलाई समृद्ध विराटनगर बनाएर जनताको मनमा सधै रहने गरि छाप छोडेर जाने प्रतिवद्धता जनाएका छन ।
महानगरको विकासमा आफ्नो तर्फबाट हुन सक्ने सहयोगमा कुनै कन्जूस्याई नहुने उनको दावी छ । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत विचको खिचातानीले यस अघि विराटनगरको विकास पछि परिरहेको बेला अधिकारीको यो अभिव्यक्तीले नगरको बिकासले फड्को मार्ने आशा गरिएको छ ।
महानगरमा सोमवार विराटनगरका संञ्चारकर्मीहरुसँग भेटघाट गर्दै उनले जनताको अड्डा भएकोले आफुले जनप्रतिनिधिसँग समन्वय गरेर मात्र काम गर्ने बताए । आफू विराटनग कै स्थायीबासी भएकोले समृद्ध विराटनगर बनाउने आफ्नो योजना रहेको बताए । कार्यालयमा देखिएको बेथिती सुधार गर्दै लाने र पहिलो चरणमा प्रशासनीक सुधार पनि गर्ने उनले बताए । त्यस्तै वडा कार्यालयहरूलाई सुविद्या सम्पन्न बनाउदै लाने र जनताको घरदैलोमै सेवा दिने गरि स्तर उन्नती गर्ने स्पस्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्