ईटहरीमा जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ

ईटहरीमा जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ

सुनसरी, ११ चैत । सुनसरीको ईटहरी उप-नगरपालिका- ३ बाट ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ परेका छन्  ।   पक्राउ पर्नेमा ईटहरी-३ कै ५३ बर्षीय देवी लिम्बु रहेका छन् । निजले आईतवार अपरान्ह ४ बजेको  समयमा स्थानीय ११ बर्षीय बालिकालई आफ्नै घरमै बोलाएर ललाई फकाई जबरजस्ती करणी गरेको र संगै आएकी अर्की ७ बर्षीया बालिकालाई समेत जबरजस्ती करणीको प्रयास गरेको भन्ने पिडित बालिकाहरुका अविभावकले प्रहरीलाई दिएकाे जाहेरीका आधारमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।  पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्