झापाको बुद्धशान्तीमा मोटरसईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

झापाको बुद्धशान्तीमा मोटरसईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

झापा, ११ चैत। झापाको बुद्धशान्ती गाउँपालिका-२ झिलमिले पुल छेउमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।   उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बा ९७ प ५३१९ नम्बरको मोटरसाईकलले बिपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल यात्री बुद्धशान्ती गाउँपालिका-३ का ३२ बर्षीय जीत कुमार राई गम्भीर घाईते भएका थिए ।

घाईतेलाई उपाचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक पाँचथरको फिदिम नगरपालिका-१ का २६ बर्षीय रिन्छे सेल्मुको सोही अस्पतालमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्