बृद्धाश्रम निर्माण गर्न विराटनगरका औषधी ब्यवसायीको सहयोग

बृद्धाश्रम निर्माण गर्न विराटनगरका औषधी ब्यवसायीको सहयोग

विराटनगर, ११ चैत ।
होली पर्वको अवसर पारेर नेपाल औषधी संञ्चालक संघ,केन्द्रिय तदर्थ समिति विराटनगरले विराटेश्वर बृद्धाश्रमको भवन निर्माणकालागि नगद रकम सहयोग गरेको छ ।
संघले बृद्धाश्रमको निर्माणाधिन भवन सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले नगद २२ हजार रुपैयाँ सहयोग गरेको हो । संघ मार्फत संघका सदस्यहरु महेश्वर मण्डल र सत्यम नेपालीले नगद ११÷११ हजार रुपैयाँ सहयोग गरे ।
बृद्धबृद्धाहरुको आश्रयकालागि भइरहेको भवन निर्माणमा केहि सहयोग पुगोस् भनेर संघ मार्फत मण्डल र नेपालीले नगद रकम सहयोग गरेको संघका केन्द्रिय संयोजक देशबन्धु ढकालले जानकारी दिए ।

उक्त रकम मण्डल र नेपालीले विराटनगर–८ स्थित बृद्धाश्रम पुगेर संस्थापक संचालक जगत अर्याललाई नगदै हस्तान्तरण गरेका थिए । संघले उक्त भवन निर्माणकालागि निर्माण सामाग्री समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको संघका संयोजक ढकालले बताए ।
सो अवसरमा बृद्धाश्रमका संस्थापक अर्यालले बृद्धबृद्धाहरुको आश्रय स्थल निर्माण गर्न सहयोग गरेकोमा दाताद्धय मण्डल र नेपाली सँगै औषधी संञ्चालक संघलाई धन्यवाद दिएका थिए । अपांगता भएका , असहाय तथा वेसहारा बृद्धबृद्धाहरुलाई राख्न ब्यवस्थित भवनको अभाव भएपछि बृद्धबद्धामैत्री भवन निर्माण कार्य सुरु गरेको तर सम्पन्न गर्न समस्या भइरहेकोले सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।
होली पर्वकै अवसरमा संघले बृद्धाश्रममा आश्रय लिइरहेका करिब ४० जना बृद्धबृद्धाहरुलाई भोजन समेत खुवाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्