मर्नुअघि किन मान्छेको बोली बन्द हुन्छ ?

मर्नुअघि किन मान्छेको बोली बन्द हुन्छ ?

एजेन्सी, १२ चैत ।

जिन्दगीको सबभन्दा ठूलो सत्य भनेकै जन्म र मृत्यु हो । जन्मेपछि अवश्यै मर्नुपर्छ र कहिले मरिन्छ भन्ने कसैले थाहा पाउँदैन ।

अचम्मको कुरा त मर्नुभन्दा ठीकअघि मानिसको बोली बन्द हुन्छ । पौराणिक तथ्यअनुसार मृत्युको घडी नजिकिँदा दुई यमदूतहरू मर्ने प्राणीको अगाडि आइपुग्छन् । तिनीहरूलाई देखेर प्राणी तर्सिन्छ र चाहेर पनि आवाज निकाल्न सक्दैन ।

उसले बोल्ने कोशिश त गर्छ तर उसको गलाबाट घरघर आवाज मात्र आउँछ । यमदूतले यमपाश फ्याँकेर शरीरबाट प्राण खिँच्न थाल्दा मानिसले जिन्दगीभरि गरेको कर्म छिटोछिटो उसको आँखाअगाडि घुम्छ । अनि जीवनमा भएका सारा घटनाहरू कर्म बनेर आत्मासँग जोडिन्छन् ।

यिनै कर्मलाई हेरेर यमराजले प्राणीका विषयमा न्याय गर्छन् र उसलाई स्वर्ग वा नर्कको सजाय सुनाउँछन् ।

भारतीय वेबसाइटबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्