विराटगरमा बिहानै देखि बर्षा, वाहिर निस्कने सर्बसाधारणलाई छाता अनिवार्य, किसानलाई राहत

विराटगरमा बिहानै देखि बर्षा, वाहिर निस्कने सर्बसाधारणलाई छाता अनिवार्य, किसानलाई राहत

विराटनगर, १२ चैत ।
विराटनगरमा बिहानै देखि पानी पर्न थालेको छ । चैतको समय गर्मी बढ्दै गएको अबस्थामा आज बिहानै देखि पानी पर्न थालेको हो ।

बिहान मेघ गर्जन सहित पानी पर्न थालेको हो । बर्षाको कारण आज बिहान बाहिर हिड्ने सर्बसाधारणलाई छाता अनिवार्य लिएर निस्कन माैसम बिदकाे सुझाव छ ।  बर्षाका कारण धुलो सडक हिलाम्मे भएको छ । लामो समय पानी नपरेका कारण पानीको पर्खाईमा रहेका किसानलाई यो बर्षाले धेरै राहत महसुस गरेका छन् ।

देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहितको हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहितका स्थानमा सोमबार साँझ र मंगलबार बिहान पनि पानी परेको छ । पहाडी क्षेत्रमा अझै पानी पर्न सक्ने मौसमविदको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्