विराटनगर, १२ चैत ।
विश्व छारे रोग दिवको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभात फेरि गरेको छ । विभिन्न प्लेकार्ड, व्यानरसहितको प्रभातफेरिमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्ट, वरिष्ट न्यूरो सर्जन डाक्टर यम बहादुर रोका , वरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिष्ट डा. समर्थ सिंह लगायत विभिन्न चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारी सहित न्यूरो हेल्थ कलेजका विद्यार्थीको सहभागीता थियो ।
न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी विराटनगर बजारको परिक्रमा गरि तुल्सा मदर एण्ड चाइल्ड हस्पिटल हुँदै न्यूरो अस्पतालमा पुगेर समापन भएको थियो । सोही अवसरमा छारे रोगप्रति व्याप्त भ्रम तथा अन्धविश्वास विरुद्ध कलेजस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिएको छ । छारे रोगबारे निःशुल्क परामर्श सेवासमेत दिइएको छ ।
निबन्ध प्रतियोगितामा अरनिको बिद्यालयकी अग्रीमा सापकोटा प्रथम , नेपाल विजनेस कलेजकी इलिना थापा द्वितिय र नेपाल बिजनेस कलेजकै साहाजेब हक तृतिय भए । बिजेतालाई न्यूरो अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र कुमार विष्टले प्रथम, द्धितिय र तृतियलाई क्रमश ५हजार, ३ हजार र २ हजार नगद सहित पुरस्कृत गरे ।
यस्तै छारेरोग दिवसको अवसरमा विभिन्न परिक्षणमा २५ प्रतिशत छुट तथा एक महिनाको निःशुल्क औषधी प्रदान गरिएको न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । दिवसका अवसरमा ४९ जना छारे रोगका बिरामीले स्वास्थ्य लाभ लिएका छन् ।
छारे रोग नशा सम्बन्धी रोगको लक्षण हो तर यसप्रति व्याप्त अन्धविश्वास, भ्रम तथा रुढीवादी परम्पराले गर्दा यस रोगका बिामीको सही उपचार नपाएको बताईन्छ । नेपालमा करिव १ लाख ५० हजार बढी छारे रोगका बिरामी रहेको तथ्यांक छ ।