ढाड दुख्ने समस्याबाट बच्न अपनाउनुस् यी घरेलु उपाय

<span class='c1'>ढाड दुख्ने समस्याबाट बच्न अपनाउनुस्</span> <span class='c2'> यी घरेलु उपाय</span>

एजेन्सी ।  ढाड दुख्ने समस्या आममानिसको साझा समस्या हो । ढाड दुख्दा शरीरका हरेक अङ्गहरूमा असर पर्ने गर्छ । ढाड दुख्ने समस्याका कारण जिउ यताउति चलाउँदा, हिँड्दा र बस्दा समेत समस्या हुनेगर्छ । ढाड दुखाईका कारण ससानो काम गर्दासमेत धेरै नै हैरानी व्यहोर्नुपर्छ ।

चोटपटक,अस्वस्थ जीवनशैली, अव्यवस्थित हिँडाई–बसाई, कमजोर हड्डी, हाडमासीकै समस्याका कारण ढाड दुख्ने समस्या आउँछ । त्यसैले घरमै बसेर ढाड दुख्ने समस्याबाट मुक्ति पाउन यस्ता केही उपाय अपनाउनु पर्छ किनकि यस्ता समस्यामा ‘पेनकिलर’ जस्ता औषधी खाँदा त्यसले शरीरमा उल्टै नकारात्मक असर गर्छ ।यसका लागि अदुवाको जुस ४ चम्चा र तुलसीको १० वटा पातको मिश्रण बनाएर ढाडमा लगाउनु उचित हुन्छ । मांसपेशी सुन्निएको अवस्थामा पनि एन्टिबायोटिक्सका रूपमा यी दुई वनस्पतीलाई प्रयोग गर्न सकिन्छ । यसले शरीरको रक्तसञ्चारमा मद्दत मिल्दछ । उक्त मिश्रणलाई ढाडमा लगाएर २५ मिनेटजति छोड्नुपर्छ । त्यसपछि पानीले पखालेर सफा गर्नुपर्दछ । बिहानको भोजन लिनुपूर्व यसलाई ढाडमा लेपन लगाउनु सबैभन्दा उचित मानिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्