आइटिएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिपमा भाग लिन जाने प्रशिक्षक तामाङको विदाई

आइटिएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिपमा भाग लिन जाने  प्रशिक्षक तामाङको विदाई

विराटनगर, १३ चैत । आइटिएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टिमको मुख्य प्रशिक्षक नविन तामाङ्गलाई मंगलवार खेलाडी तथा प्रशिक्षकहरुले विदाई गरेका छन् ।

काठमाण्डौ जान लागेका प्रशिक्षक तामाङलाई आइटिएफ तेक्वान्दो संघ दमकले एक कार्यक्रमको आयोजना गरि विदाइ गरेको हो ।
मलेसियामा यही चैत १५ गतेदेखि हुनगइरहेको वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन नेपालबाट ९ जना खेलाडी, एक जना प्रशिक्षक र २ जना अफिसियलसहित १२ जनाको टोली त्यस तर्फ जाँदैछ ।
खेलाडी र प्रशिक्षक सहितको टोली चैत १४ गते काठमाण्डौबाट मलेसिया प्रस्थान गर्ने आइटिएफ तेक्वान्दो महासंघका केन्द्रिय उपाध्यक्ष एवं राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका अध्यक्ष प्रविनकुमार कार्कीले जानकारी दिए । नेपाली टिमको प्रशिक्षकको रुपमा मलेसिया जान लागेका तामाङ दमकका वासिन्दा हुन् । उनलाई आइटिएफ तेक्वान्दा महासंघका केन्द्रिय उपाध्यक्ष कार्की र दमक आइटिएफ नगर संघका अध्यक्ष साहारा थेवे लगायतले खादा, फुलमाला लगाएर विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्