पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचार गरी बिहीवार स्वदेश फर्किने

पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचार गरी बिहीवार स्वदेश फर्किने

काठमाडौँ, चैत १३ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचार गरी बिहीवार स्वदेश फर्किने हुनुभएको छ ।

पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गर्नुभएको थियो । पार्किन्सस् रोगबाट ग्रसित दाहालको उपचार अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किङ्स अस्पतालमा भएको छ । स्वास्थ्यमा सुधार भएपछि अध्यक्ष प्रचण्ड पत्नीसहित फर्किन लागेको उहाँका प्रेस संयोजक विष्णु सापकोटले जानकारी दिनुभयो ।
उपचार पछि दाहालको स्वास्थ्यमा निकै सुधार भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्