रमिला हत्या प्रकरण ः कोसी नदिमा भेटियो महिलाको शव , रमिला कै हुन सक्ने प्रहरीको अनुमान

रमिला हत्या प्रकरण ः कोसी नदिमा भेटियो महिलाको शव , रमिला कै हुन सक्ने प्रहरीको अनुमान

विराटनगर १३ चैत । कोशी व्यारेजमा एक महिलाको शव कुहिएको अवस्थामा भेटिएको छ । प्रहरीले कोशी व्यारेजको ५२ नम्बर ढोकामा सेतो बोरामा बाधेर राखिएको अवस्थामा प्रहरीले बुधबार विहान शव फेला पारेको हो ।
गत फागुन १७ गते आफ्नै प्रेमिकाको हत्या गरी बेलबारीका नेकपाका नेता योगेन्द्र गुरुङले हत्या गरेर कोसी नदीमा शव फालेका थिए । गुरुङ र राई विच लामो समयदेखि प्रेमी प्रेमीका रुपमा सम्बन्ध रहेको थियो । गुरुङले आफैले हत्या गरेर नदिमा फालेको प्रहरीलाई वयान दिएदेखि नै प्रहरीले शव खोजी कार्य जारी राखेको थियो ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट गएको प्रहरी टोली र रमिलाका आफन्त समेतको टोलीले शव भएको स्थानमा पुगेका छन् । शवको अहिले पोष्टमार्टम भईरहेको हुनाले रमिला कै हो या हैन भन्नेबारेमा अनुसन्धा जारी रहेको जिल्ला प्रहरी कार्यलय मोरङ डिएसपी घनस्याम श्रेष्ठले आवर विराटनगरलाई जानकारी दिए । हाल शव सप्तरी प्रहरीको निगरानीमा रहेका कारण शवको बारे अनुसन्धान भईरहेको श्रेष्ठले बताए । गएको फागुन १७ गतेदेखि हराएकी रमिलाको खोजी गर्दा पनि नभेटिएपछि योगेन्द्र गुरु हाल प्रहरीको नियन्त्रणमा रहेका छन् ।
यसरी बेपत्ता भएकी थिइन रमिला
फागुन १७ गते शुक्रबार राती गुरुङसंगै विराटचोकको हावना होटल गएकी राई एकाएक वेपत्ता भए । यसरी रमिला एक्कासी वेपत्ता भएपछि उनको परिवारले योगेन्द्र गुरुङलाई फोन गरि सोध पुछ गरे । गुरुङले उनलाई रातीनै घर सम्म पु¥याई दिएको बताएका थिए । रमिला वेपत्ता भएको जाहेरी इलाका प्रहरी कार्यालय बेलबारीमा दिए लगत्तै नजिक जंगल खोलामा प्रहरीले तिब्र रुपमा खोजी गरे । सोही घटना वारे गुरुङले पनि प्रहरीलाई रिर्पोट गरेका थिए । वेपत्ता रमिलाको पत्तो नलागेपछि प्रहरीले भाग्दै गरेका गुरुङलाई इलामबाट फागुन १७ गेत बेलुका नै पक्राउ गरेको थियो । पक्राउ पश्चात गुरुङले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका थिए । उनले कोशी व्यारेजमा शव फालेको बयान दिएका हुन ।
गुरुङले युवतीलाई फागुन १७ गते शुक्रबार राति साँढे ११ बजे घरमै छोडिदिएको भनेर दावी गरेपनि सोही दिन रातिका ‘सिसिटिभी फुटेज’ हेर्दा योगेन्द्रले प्रयोग गर्दै आएको गाडी रातको साँढे १२ बजे इटहरी पश्चिम लागेको र शनिबार विहान साँढे ४ बजे गोठगाउँबाट पुर्व लागेको देखिएको प्रहरी बताउँछ ।

रमिला र योगेन्द्र  प्रेम सम्वन्धको चर्चा

रमिला राई र योगेन्द्र गुरुङ दुवै विवाहित हुन् । रमिलाले तेह्रथुममा विवाह गरेर श्रीमान् संग अलग भई बेलबारीमा बसोवास गर्दै आएका थिए । रमिलाको एक जना ७ वर्षिय छोरी छन् । योगेन्द्र गुरुङको भने दुई सन्तान रहेको छ । उनका श्रीमती छोराछोरी काठमाण्डौंमा छन् ।
योगेन्द्र साविक बेलबारी नगरपालिकाका एमालेका पूर्व नगर अध्यक्ष हुन् उनी ।  रमिला र योगेन्द्रको विषयमा गाउँमा टिका टिप्पणी यस अघि नभएको हैन । उनीहरु दूईजनाको साना तिना झगडा परेको पनि गाउँलेहरुले सुनेका थिए । यति हुदा हुँदै पनि संगै हिडडुल गर्ने गरेको स्थानीयहरुको भनाई छ । सोही क्रममा गुरुङले रमिलालाई आर्थिक लगायत विभिन्न सहयोग गर्दै आएको पनि अहिले सार्वजानिक भएको छ । यसैलाई स्थानीयहरुले प्रेम र यौनको सम्वन्धसँग तुलना गरेर हेरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्