रबिन्द्र बराल, रंगेली, १३ चैत । माेरङकाे रंगेलीमा ६२ आै सहकारी दिवस मनाउने तयारी भएकाेछ । दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ चैत २० गते रंगेलीमा दिवस मनाउन लागेकाे हाे । बिराटनगरमा वसेकाे जिल्ला बैठकले रंगेलीमा दिवस मनाउन लागेकाे हाे । बैठकमा समिति तथा उपसमितीले चैत्र २० गते हुने कार्यक्रम काे बारेमा काम काे प्रगति बिवरण समेत प्रस्तुत गरेका छन् । कार्यक्रममा जिल्ला सहकारी संध माेरङका अध्यक्ष डिल्ली पाेख्रेल, राष्टिय सहकारी बैङ्कका रमेश पाेख्रेल,जिल्ला बहुउदेश्य संघ माेरङका अध्यक्ष माधव अधिकारी ,सहकारी केन्द्रीय कृषि संघ उपाध्यक्ष मदन कुमार दहाल, जिल्लाका विभिन्न विषयगत संघका अध्यक्ष तथा प्रतिनिधिहरुकाे समेत सहभागीता रहेको थियोे । त्यसैगरी सहकारी दिवसका अवसरमा रंगेलीमा एक हप्तेे विभिन्न कार्यक्रम आयाेजना गरिने भएकाे छ । सहकारी दिवस सम्पन्न गर्ने विभिन्न समितिहरु समेत गठन गरिएको छ । जस मध्ये प्रचारप्रसार संयाेजक माधब अधिकारी ,सह संयोजक रबिन्द्र बराल, हल तथा मञ्च व्यवस्थापन उपसमितिकाे संयाेजकमा सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् ईन्जिनियर कमलेश्वर ठाकुर, स्वयंसेवक ब्यवस्थापनमा सराेज साह,स्वास्थ्य सेवामा सन्तोष कुमार मंन्डल, झाँक्री तथा र्यालीमा भाेला प्रसाद राजवंशी र विजय प्रसाद शाह, त्यसैगरी स्वागत सत्कारमा विरेन्द्र यादव र लक्ष्मीप्रसाद मेहता, आर्थिक समितिमा राकेश दाहाल र हेरम्वराज भट्टराई र महिला परिचालनमा जानुका थापा सह संयाेजक पुनम सापकोटा ,खानेपानी व्यवस्थापनमा अशेश्वर प्रसाद साहले जिम्मेवारी पाएका छन । दिवसकाे अवसरमा कार्यक्रममा सहभागी हुन माेरङ जिल्लामा रहेको १ हजार १ सय सहकारीकर्मी सहभागी हुनेछन् ।