सुनसरीकाे हरिनगर गाउँपालिकामा आगलागीम, २० लाख बढीको क्षति

<span class='c1'>सुनसरीकाे हरिनगर गाउँपालिकामा  आगलागीम,</span> <span class='c2'> २० लाख बढीको क्षति</span>

सुनसरी, १४ चैत । जिल्लाको हरिनगर गाउँपालिका–४ मा गएराति भएको आगलागीमा  २० लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रू २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दमकल ढिलो पुगेका कारण आगलागीमा बढी क्षति भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगतले बताइन् ।

हरिनगर गाउँपालिकामा दमकल नभएको र इनरुवाबाट दमकल आउन ढिलो भएका कारण समयमा आगो नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष भगतले बताइन् । घरमा आगलागी भएपछि जैन परिवार चिन्तित भएका छन् ।

कमाइ गरेर खाने एक मात्र साधनको रुपमा रहेको पसल पनि आगलागीमा परेर खरानी भएपछि पीडित परिवार चिन्तित छन् ।  स्थानीयवासी, प्रहरी, इनरुवा दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको बरुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्