बांस बोकेको मिनि ट्रकबाट खसेर १४ बर्षिय बालकको ज्यान गयो

<span class='c1'>बांस बोकेको मिनि ट्रकबाट खसेर</span> <span class='c2'>१४ बर्षिय बालकको ज्यान गयो</span>

विराटनगर १३ चेत । बराहक्षेत्र नगरपालिकाको चतरामा बांस बोकेको मिनि ट्रकबाट खसेर एक बालकको ज्यान गएको छ । चतारा नगरपालिका वडा नम्बर १ स्थित सुनसरी मोरङ्ग सिंचाई योजनाको नहर पारी पट्टी रहेको जगद्गुरु आश्रम नजिकै धुम्तीमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।
बिहिबार बिहान १० बजे जगद्गुरु आश्रमको लागि कोशीबाट ल्याउँदै गरेको बांस वोकेको, को १ ख २५६९ नम्बरको रोयल धनकुटा नाम भएको स्वराज कम्पनीको मिनि ट्रकबाट १४ बर्षिय बालक हेमन्त मगरको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । ट्रकबाट खसेर घाईते भएका मगरलाई उपचारको लागी घोपा क्याम्प ल्याउदै गर्दा बाटैमा ज्यान गएको घोपा क्याम्पका प्रहरी नायव निरीक्षक दुर्गा पराजुलीले जानकारी दिए ।
उदयपुर जिल्ला बेलका नगरपालिका वडा नम्बर ८ बस्ने १४ बर्षिय हेमन्त मगर कक्षा ८ मा अध्ययनरत थिए । कक्षा ८ को फाईनल परीक्षा दिएर फुर्सदको समयमा आफन्तको ट्रकमा काम गर्न जादाँ घटना हुन पुगेको मृतककी दिदि मोनिका मगरले जानकारी दिईन् । मृतक मगरको हाल घोपा क्याम्पमा पोष्टमार्टमको लागी लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्