अबैध हतियार बुझाउने क्रम शुरु, विराटनगरमै २ जनाले ३ थान हतियार प्रहरीलाई बुझाए

अबैध हतियार बुझाउने क्रम शुरु, विराटनगरमै २ जनाले ३ थान हतियार प्रहरीलाई बुझाए

विराटनगर, १४ चैत । घरमै राखेको बन्दुक प्रहरीलाई बुझाउने क्रम शुरु भएको छ । अबैध रुपमा घरमा राखिएका बिस्फो६क पद्धार्थ तथा हतियारहरु प्रहरीलाई बुझाउ क्रम शुरु भएको । सोही क्रममा बिराटनगरका २ जनाले हतियार प्रहरीलाई बुझाएका छन् ।

अवैध रुपमा घरमा राखेको तीनवटा बन्दुक जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएका हुन् । यसरी हतियार बुझाउनेमा विराटनगर–४ का सुरेश प्रधान र विराटनगर–११ का भीमराज पोखरेल रहेको प्रहरीले जनाएको छ ।
प्रधानले आफ्नै घरमा राखेको सर्टगन स्वचालित २५ बोरको एक नाल र १२ बोरको एक नाल गरेर दुईवटा र पोखरेलले घरमा रहेको एउटा भरुवा बन्दुक बुझाएको मोरङका प्रहरी उपरीक्षक मनोज केसीले बताए । इजाजत बिनाका र नवीकरण नभएका अवैध हतियार बुझाउन सरकारले ३५ दिनको सुचना जारी गरेसँगै अबैध हतियार बुझाउने क्रम सुरु भएको केसीले बताए ।
अवैध रुपमा हतियार राख्ने र दिएको समय सीमा भित्र हतियार नबुझाए कार्वाही गरिने एसपी केसीले बताए । पछिल्लो समय बिप्लव माओवादीको गतिबिधि बड्दै जान थालेपछि सरकारले अबैध हतियार नियन्त्रणलाई कडाई गरेको छ । आफैँ हतियार बुझाउन जाने ब्यक्तिलाई कार्वाही नगरिने जनाएपनि यदी प्रहरीले पक्राउ गरेको खण्डमा कडा कार्वाही हुने समेत चेतावनी दिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले गृहमन्त्रालयको आदेशमा ३५ दिने सुचना जारी गरिएकोले हतियार बुझउन आउने क्रम शुरु भएको बताए । उनले समय सिमा नाघेर भेटिएका हतियारको सन्दर्भमा कडा कानुनी कार्वाही हुने बताए । केसीले तोकिएकै समयमा अबैध हतियार रहेको भए प्रहरी तथा प्रशासनमा बुझाउन समेत आग्रह गरे ।
भरुवा बन्दुक भेटियो
प्रहरीले मोरङको मिक्लाजुङ–१कोलबोटे र रमितेको बीचमा रहेको लावा खोला किनारबाट एउटा भरुवा बन्दुक फेला पारेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गस्तीमा गएको टोलीले खोला किनारमा बन्दुक फेला पारेको हो । खोला किनारमा भेटिएको बन्दुकका विषयमा अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्