बेलवारी नगरपालिकामा पहिलो पटक नगर प्रहरी भर्ना

बेलवारी नगरपालिकामा पहिलो पटक नगर प्रहरी भर्ना

बेलवारी, १५ चैत ।
बजार ब्यबस्थापन, अनुगमन तथा सडक अतिक्रम लगायतका काममा सहयोग गर्न बेलबारी नगरपालिकाले पहिलोपटक नगर प्रहरीको ब्यबस्था गरेको छ ।

केही बर्षदेखि नगरपालिका भवन परिसरको सुरक्षाका लागि सेक्युरिटी कम्पनीका सेक्युरिटी गार्डको मात्रै ब्यबस्था गरेको नगरपालिकाले २०७५ पुसदेखि नगर प्रहरीको ब्यबस्था गरेपछि त्यसको प्रक्रिया सुरु गरिएको हो । बढ्दो शहरीकरणको ब्यबस्थापनका लागि नगरपालिकाले खुला प्रतिस्पर्धाबाट नगर प्रहरी छनौट गरी करारमा नियुक्त गरेको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले बताए । हाल दुई महिला र दुई पुरुष नगर प्रहरीमा नियुक्त गरिएको बताउदै दाहालले उनीहरूले सडक तथा राजमार्ग अतिक्रमण भएमा हटाउने, जथाभावी राखिएका फुटपाथ पसल नियन्त्रण गर्ने लगायत बजार अनुगमनमा सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्