युवा पुस्तामा चम्केकी सावित्रा : विराटनगरमा सबैकी साम्बा, प्रेममा भन्दा फुटवलमा रमाउँछिन्

युवा पुस्तामा चम्केकी सावित्रा : विराटनगरमा सबैकी साम्बा, प्रेममा भन्दा फुटवलमा रमाउँछिन्

प्रेम देवान
विराटनगर १४ चैत । भर्खरै मात्र उमेरले २१ वर्षको दौरानमा रहेकी राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) । उनी दश भित्र मात्र हैन अन्तराष्ट्रिय स्तरमा नै परिचित छिन् ।

लम्जुङको घलेगाउ“मा जन्मिएकी सावित्रालाई फुटबल खेलमा नेपालका रेफ्री शुक्र लामाले ल्याए । आर्थिक अभाव र विकट गाउघरमा मोजा, प्लाष्टिक अनि कागजको सानो आकारको फुटबल बनाएर फुटबल बारे कखरा सिकेकी साबित्रा अहिले महिला फुटबल टिमको लागि मेरुदण्को रुपमा उभिएकी छिन् । बाल्यकालदेखि नै फुटबल खेलप्रति रुचि भएकी उनका बुबा आमा र चार दिदी बहिनी दुई भाइ छन् ।
पा“च वर्षअघि साफ च्याम्पियनसिपको सब्सिच्युट खेलाडी बनेर राष्ट्रिय टोलीमा डेब्यु गरेकी सावित्राले आजसम्म आफुलाई एक सफल महिला खेलाडीको रुपमा चिनाएकी छिन् ।
विराटनगरमा भर्खरै सम्पन्न पा“चौं साफ महिला च्याम्पियनसिप फुटवलमा ४ गोल गरेर साबित्रा सबैको मन जित्ने सफल भईन् । साबित्राले अहिले सम्म कुल २६ गोल गर्दै अन्र्तराष्ट्रिय रुपमा सार्वाधिक गोल गर्ने नेपाली महिला खेलाडीमा आफुलाई उभ्याएकी छिन् । नेपाली महिला फुटबलमा मात्र हैन दक्षिण एशियाकै उत्कृष्ट स्ट्राइकरको रुपमा पनि चिनिन्छिन् ।
विराटनगरमा भएको पा“चौं साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा भारतस“ग ३–१ गोलले पराजित भएर नेपाल उपविजेतामा भएर चित्त बुझाउनु पर्यो । नेपालले उपाधी नजिते पनि नेपालीको मन जितेको साबित्राको अनुभव छ ।
घरेलु मैदानमा उत्रिएका नेपाली टोलीलाई नेपाली समर्थकको राम्रै साथ थियो । अझ त्यसमा पनि साबित्रा प्रति सबैको भरोसा र विश्वास थियो । खेल सुरु हुदादेखि नै साबित्रा प्रति आम दर्शकको हुटिङ आउथे । खेल सकिन साथ उनलाई भेट्न उनका समर्थकहरु मैदानको जाली बाहिरबाट हात मिलाउन अनि अटो ग्राफ लिनेसम्मको भिड देखिन्थ्यो ।
सावित्राका केही रोचक पक्ष
सबैले नजिकबाट चिनेको सावित्रा महिला फुटबल खेलाडी हुन् । उनको स्वभाव हाउभाउ भने छोरा मान्छे जति कै छ । उनी छोरा मान्छे भन्दा कम छैनन फुटबल खेलमा । उनको हेयर स्टाइलदेखि उनको खेलपछिको सेलिब्रेसन । फुटबलप्रति सानैदेखि उत्साहित थिईन् उनी । फुटबल क्षेत्रमा एउटा ठूलो सपना बोकेर लागेकी हुन् । उनले अहिलेसम्मको फुटबलमा आफ्नो भुमिका अझ बढाउँदै पूर्व कप्तान जमुना गुरुङ र अनु लामाले गरेको सर्वाधिक गोलको रेकर्ड तोड्ने योजना रहेको सुनाईन् ।
उनी विराटनगरमा भएको पा“चौं साफ महिला च्याम्पियनसिप हुनुभन्दा अगाडी पा“च दिनसम्म विरामी भएर हस्पिटलमा बसेकी थिईन् ।
जब उनले फु६वल बुझ्न थालिन अनी त्यसपछि उनले क्रिस्ट्यानो रोनाल्डोले गर्ने हरेक गतिबिधिमा ध्यान दिन्थिन् । उनको आईडल नै क्रिस्ट्यानो हो । रोनाल्डोको हेयर स्टायल परिवर्तन भईरहने भएका कारण नेमारको हेयर स्टाईल पनि साबित्रालाई मनपर्छ ।
उनको हरेकदिन टेनिङ्ग गर्ने समय तालिका छ । फुर्सदको समयमा घुम्न जाने । साथीभाईहरुसंग पर्यटकीय ठाउ“हरूमा रमाउने बानी छ । फुर्सदको समय स्र्पोट्स च्यानलहरु हेर्ने पनि उनको दैनिकी हो । सावित्राले हिन्दी भन्दा पनि नेपाली चलचित्र खुब मन पर्ने सुनाईन् ।

सावित्राको प्रेम
प्रेम प्रस्तावको बारे जिज्ञासा राख्दा उनले मायाँ प्रेम स्वाभाविक भएको बताईन् । उनी भन्छिन्, ‘स्वभाविक नै हो म एउटी नारी हुँ , अझ त्यसमा पनि खेलाडी भनेर धेरैले चिन्दछन् । प्रेम प्रस्ताव आईरहेका हुन्छन् । तर मैले माया– प्रेममा ध्यानै दिएको छैन ।’ उनले आफ्नो सपना अरु धेरै माथिसम्म रहेको सुनाईन् । उनले सपना पुरा भएपछि लगन आएको दिन बिहे गर्ने योजना रहेको बताईन् । उनले भनिन्, ‘खास यो मायाको चक्करमा परेपछि मेरो खेलमा वाधा आउने भएकाले प्रेमलाई अहिले थाँति राखेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्