विराटनगर जुट मिल्समा अनियमितता, न्यायाधीशकाे अध्यक्षतामा जाचँबुझ आयोग गठन

विराटनगर जुट मिल्समा अनियमितता,  न्यायाधीशकाे  अध्यक्षतामा   जाचँबुझ आयोग गठन

विराटनगर, १५ चैत।
सरकारले विराटनगर जुट मिल्समा भएको अनियमितता सम्बन्धमा छानविन गर्न जाचँबुझ आयोग गठन गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले विराटनगर उच्च अदालतका न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा जाचँबुझ आयोग गठन गरेको हो ।

गत विहीबार र सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले जुट उद्योगलाई विद्युत महसुल छुट दिने निर्णय समेत गरेको जानकारी दिनुभएको हो । आर्थिक वर्ष २०७६-७७ मा प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँड र वित्तीय समानिकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गरिएको पनि जानकारी दिए ।
यस्तै सत्य निरुपण तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको सिफारिस गर्न समिति गठन गरेको छ । ती दूई आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको सिफारिसका लागि पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
यस्तै मुग्लिङ–पोखरा सडकको मुग्लिङ–आबुखैरेनी खण्डमा थप दुई लेन सडक तथा पूर्व–पश्चिम राजमार्गको पकली कोशीनदी,त्रिजुगा नदी–फत्तेपुर र रूपनगर सडकखण्डको चार लेन सडकको रेखांकन स्वीकृत भई राजमार्गको मापदण्ड कायम गरी लागू गर्ने निर्णय समेत भएको छ । मन्त्रीपरिषदले पानी जहाज कार्यालयको रजिष्ट्रारमा ऋषिराज कोइरालालाई नियुक्त गर्नुका साथै गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका, २०७५ समेत स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्