विराटनगरमा प्रहरीलाई सफलता : मोटरसाइकल चोरी गर्ने गिरोहका एक जना समातिए

<span class='c1'>विराटनगरमा प्रहरीलाई सफलता : मोटरसाइकल चोरी</span> <span class='c2'>गर्ने गिरोहका एक जना समातिए</span>

विराटनगर चैत १५,
लामो समयदेखि विराटनगरमा मोटरसाइकल चोरिमा संम्लग्न चोरहरुको खोजी गरिरहेको प्रहरीलाई एउटा सफलता हात लागेको छ । विहिवार बेलुका चोरीमा सम्लग्न एक व्यक्तिलाई विराटनगर स्थित वार्ड नं. ४ पिपलचोक छेउको एक घरबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

अन्य २ जना चोरहरु भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । बरगाछी प्रहरीचौकीका प्रहरी सहायक निरिक्षक तारा चुडालको नेतृत्वमा गएको टोलीले चोर सहित २ वटा मोटरसाइकल , मोटरसाइकल बनाउन र चोर्न प्रयोग गरिने सामान,कलर ,नम्बरप्लेटहरु बरामद गर्न सफल भएको हो ।
भाडामा बस्ने ती चोरहरुले ठूलो परिणाममा मोटरसाइकल चोरी गर्ने गरेको आशंका गरिएको छ । उनिहरुले विराटनगर क्षेत्रका नोवेललाई आधार बनाएर चोर्ने गरेको पाएको छ ।

३ जनाले फ्लाट भाडामा लिएर चोरीको काम गर्दे आएका थिए । पक्राउ पर्ने ब्यक्तिको नाम भने अनुसन्धानमा बाधा पुग्ने भन्दै प्रहरीले खुलाएको छैन । चोरीमा सम्लग्न ती व्यक्ति पक्राउ परेसंगै मोटरसाइकल चोरीमा संम्लग्न गिरोहनै पत्ता लगाउने अभियानमा प्रहरी जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्