तराई–मधेश विशेष पूर्वाधार कार्यक्रम : मोरङ र सुनसरीमा ३८ सडक आयोजना थप

तराई–मधेश विशेष पूर्वाधार कार्यक्रम : मोरङ र सुनसरीमा ३८ सडक आयोजना थप

विराटनगर, १५ चैत । तराई–मधेश विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत मोरङ र सुनसरीमा ३८ सडक आयोजना थप भएका छन् । जिल्लाको दक्षिण  क्षत्रका बासिन्दालाई राष्ट्रिय राजमार्गको पहुँचमा जोड्न चालु आर्थिक वर्षमा नयाँ आयोजना थपिएका हुन् ।

गतवर्षदेखि उत्तर–दक्षिण सीमा आयोजनाको रुपमा सडक निर्माण थालिएको थियो । चालु आर्थिक वर्षदेखि त्यहि आयोजनालाई तराई–मधेश विशेष पूर्वाधार सडक कार्यक्रम अन्तर्गत राखिएको छ । नयाँ अवधारणामा राखेर एकै पटक दक्षिणी क्षेत्रका स्थानीय तहमा सडक डिभिजन कार्यालयले आयोजनाका लागि बजेट बिनियोजन गरेको हो ।

बहुवर्षिय योजना अन्तर्गत दक्षिणी इलाकालाई उत्तरमा रहेको राष्ट्रिय राजमार्गसँग जोड्ने लक्ष्य छ । नयाँ कार्यक्रममा दुई जिल्लाका दक्षिणी इलाकालाई राष्ट्रिय राजमार्गसँग जोड्न ३५ आयोजना थपिएका हुन् । ती आयोजनाको ठेक्का भएर मुल्याकंनपछि सम्झौताको चरणमा रहेको सडक डिभिजन कार्यालयका सूचना अधिकृत इन्जिनियर दिपक झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्